क्याम्पस प्रशासनको कार्यशाला

क्याम्पस प्रशासनको कार्यशाला

2026-01-26

त्रिभुवन विश्वविद्यालय समन्वय महाशाखाको आयोजनामा वाग्मति र गण्डकी प्रदेश भित्रका आंगिकक्याम्पसहरुका क्याम्पस प्रमुख, प्रशासन प्रमुख र लेखाप्रमुख सम्मिलित तिन (३) दिने कार्यशाला गोष्ठी आयोजना गरेको छ । कार्यशालाको उदघाटन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा दिपक अर्यालले क्याम्पस प्रमुख लगायतका प्रशासनिक र आर्थिक नेतृत्व गर्नुहुने महत्वपूर्ण जिम्मेवारीमा रहनुभएका व्यक्तित्वहरुलाई विश्वविद्यालयका महत्वपूर्ण पक्षहरुका बारेमा अवगत गराउँदै विश्वविद्यालयमा उत्पन्न शैक्षिक एवं प्रशासनिक चुनौती समाधान गर्न यस कार्याशालाले महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको बताउनुभयो । आंगिक क्याम्पस विश्वविद्यालयका मुख्य र महत्वपूर्ण शैक्षिक निकायहरु रहेकोले क्याम्पस नेतृत्वलाई थप सवल र सुदृढ बनाउन कार्यशाला उपयोगी हुने बताउनुभयो ।  त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा खडग के.सीले कार्यशालाको औचित्य र आवश्यकतालाई थप प्रष्ट पार्नुहुँदै शैक्षिक नेतृत्वमा प्रशासनिक ज्ञान र अनुभवको कमी भएपनि प्राज्ञिक दृष्टीकोण,अनुसन्धान क्षमता र इमानदारिता अपरिहार्य रहेको विभिन्न महत्वपूर्ण विषयहरुको जानकारी गराउन कार्यशाला आयोजना गरिएको बताउनुभयो ।

May be an image of dais and text that says 'Workshop on "academi.LedersipandManagmen "Academic Leadership and Management in TU Constituent Campuses" Organized Divisi vision ersit rsity Kirtipur 2082 Tribhuv emon emontree PREMIER KEMIE'

वाग्मती र मधेस प्रदेशकका आंगिक क्याम्पसहरुको भौतिक पूर्वाधारको अवस्था अत्यन्तै कमजोर रहेको औल्याउनुहुँदै शिक्षाध्यक्ष के.सी ले गण्डकी प्रदेशका आंगिकक्याम्पस र डोटी क्याम्पसको पूर्वाधारको विकास र संरक्षणवाट प्रेरणालिन समेत अनुरोध गर्नुभयो । त्रिभुवन विश्वविद्यालयमा योग्यताप्रणालीले सकरात्मक प्रभाव देखिएको र आफूहरुले योग्यताप्रणालीलाई थप व्यवस्थित गराई विश्वविद्यालय निर्माणमा योग्य,दक्ष र प्रभावकारी नेतृत्वलाई अवसर उपलब्ध गराउँदै आस्थाका आधारमा विभाजित हुने परम्पराको अन्त्य गर्ने कोशिस गरिरहेको बताउनुभयो । क्याम्पसको समग्र विकासमा संलग्न तिनवटै पक्षलाई पूर्नताजकी गरी प्रशासिक र आर्थिक क्षेत्रमा विद्यामान समस्या निरुपण गर्न लामो समयदेखि कार्याशाला आयोजना गर्ने योजना रहेको समेत बताउनुभयो । त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा केदार प्रसाद रिजालले मानवस्रोत व्यवस्थापनको संकट असारमसान्तमा अन्त्य गर्ने,प्रशासनिक कार्यप्रणालीमा एकरुपता दिने,स्रोत र साधनको समुचित प्रयोग र कार्यान्वयन गरी देशकै गरिमाको रुपमा रहेको त्रिभुवन विश्वविद्यालयको वर्तमान अवस्थामा थप सुधार गर्ने बताउनुभयो । उहाँले परीक्षा प्रणाली व्यवस्थित भइरहेको,शैक्षिक क्यालेण्डर कार्यान्वयनमा आएको भन्दै क्याम्पस प्रमुख लगायत प्रशासनिक र आर्थिक नेतृत्वलाई सौहार्दपूर्ण अवस्थामा क्याम्पस सञ्चालन गर्न अनुरोध गर्नुभएको थियो । उहाँले सामुहिक भावनालाई विकसित गर्न यस प्रकारको कार्यशाला प्रभावकारी हुने बताउनुभयो ।

१०४ जना उपस्थित कार्यशाला गोष्ठीमा त्रिभुवन विश्वविद्यालयको रणनीतिक योजनाको कार्यान्वयन, उच्चशिक्षाको गुणस्तर अभिवृद्वी, शैक्षिक क्यालेण्डरको कार्यान्वयन, सार्वजनिक खरिद तथा अनुगमनको प्रभावकारी व्यवस्थापन, आर्थिकस्रोतको पहिचान र परिचालन, कार्यलयिय व्यवहार र वातावरण, आर्थिक अनुशासन र व्यवस्थापन, आर्थिक योजना र बजेट साथै लेखापरीक्षणका बारेमा विज्ञहरुद्वारा अन्तरक्रिया गर्ने उदेश्य रहको समन्वय महाशाखा प्रमुख दिपक तिवारीले जानकारी गराउँनुभयो ।

कार्यशालामा शिक्षाध्यक्ष प्रा.डा खडग के.सी, रजिष्ट्रार प्रा.डा केदार प्रसाद रिजाल, सेवा आयोगका पूर्वअध्यक्ष तथा त्रिवि कार्यकारी परिषद्का सदस्य प्रा.डा लालू प्रसाद पौडेल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा शिवराज अधिकारी,नेपाल सरकारका सहसचिव सुवास सिवाकोटी, डोटी क्याम्पसका क्याम्पस प्रमुख दिलानन्द जोशी, प्रा.डा कृष्णचन्द्र शर्मा, त्रिवि आर्थिक प्रशासन महाशाखा प्रमुख राजेशसिंह देवकोटा, लेखा परीक्षण महाशाखा प्रमुख पुष्प नारायण श्रेष्ठ र नेपाल सरकारका पूर्वसचिव महेश काफ्ले स्रोत व्यक्ति रहनुभएको छ । सोही अवसरमा कार्यशालामा सहभागीले शिवपुरी स्थित नेपाली सेनाद्वारा सञ्चालित सैनिक कमाण्ड तथा स्टाफ कलेज भ्रमण गरी नेतृत्व विकासका बारेमा उच्चपदस्थ सैनिक अधिकारीहरुको अनुभवका बारेमा जानकारी लिएको छ ।