त्रिभुवन विश्वविद्यालयको ६७ औं बार्षिक दिवस

त्रिभुवन विश्वविद्यालयको ६७ औं बार्षिक दिवस

2026-07-23

त्रिभुवन विश्वविद्यालयको ६७ औं बार्षिक दिवसको अवसरमा सहकुलपति एवं शिक्षा तथा खेलकुद मन्त्री माननीय सम्मित पोखरेलले कीर्तीपुर स्थित त्रिभुवन स्मृती भवनमा उपस्थित भई नेपाल तथा त्रिभुवन विश्वविद्यालयको झण्डोत्तलन गर्नु भएको छ ।

बार्षिक दिवसको उपलक्ष्यमा आयोजित उक्त कार्यक्रमलाई सम्वोधन गर्नहुँदै सहकुलपति एवं शिक्षा तथा खेलकुद मन्त्री माननीय सम्मित पोखरेलले सुधार र रुपान्तरणको दृष्टीकोण सहित सवै विश्वविद्यालयमा योग्य उपकुलपतिहरु नियुक्त भए सँगै विश्वविद्यालयहरु गतिशिल भइरहेको उल्लेख गर्नुहुँदै त्रिविको पुरानो पहिचान कायम राख्दै नयाँ अध्यायको प्रारम्भ गर्ने, प्राज्ञिक स्वायत्ततालाई थप प्रोत्साहन गर्दै दलीय भागवण्डाको अन्त्य गर्ने र योग्यताप्रणालीको कार्यान्वयन गर्ने बताउनु भएको थियो । विश्वविद्यालयहरुमा सरकारवाट कुनैपनि प्रकारको हस्तक्षेप वा दवाव नहुने भन्दै नवनियुक्त उपकुलपति लगायत विश्वविद्यालयको सम्पूर्ण संयन्त्रलाई सुशासनको प्रत्याभुती हुनेगरी काम गर्न अनुरोध गर्नुभएको थियो । उहाँले अन्तराष्ट्रीय स्तरमा प्रतिस्पर्धी बनाउन र त्रिविका प्राध्यापकहरुलाई Professor Exchange गर्न राजदुतहरु लगायतसँग कुटनीतिक पहल र सहकार्य गर्ने बताउनुभएको थियो ।

May be an image of text

बार्षिक दिवसको अवसरमा आयोजित समारोहमा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले उच्चशिक्षाको ऐतिहासिक निकाय तथा उच्चशिक्षाको राष्ट्रीय धरोहरको रुपमा परिचित त्रिभुवन विश्वविद्यालयलाई वदलिदो परिस्थिति अनुरुप थप गुणस्तरीय बनाउने, सुशासन कायम गर्न प्रणाली स्थापना गर्ने, अन्तरविषय सहकार्यमा जोड दिई ज्ञान, अनुसन्धान र नवप्रवर्तनमा केन्द्रीत भई नैतिक र प्रतिस्पर्धी शैक्षिकसंस्थाको रुपमा अघि बढाउने धारणा व्यक्त गर्नुभएको थियो ।

उक्त अवसरमा त्रिभुवन विश्वविद्यालय सूचना तथा जनसम्पर्क महाशाखावाट बार्षिकरुपमा प्रकाशन हुँदै आइरहेको प्रकाशन TU Today 2083 र TU Annual day Publication 2026 को विमोचन सहकुलपति एवं शिक्षा तथा खेलकुद मन्त्री सम्मित पोखरेलले गर्नुभएको थियो ।