विश्वविद्यालय अनुदान आयोगबाट आ.व. २०८०/८१ का लागि प्राप्त अनुदान रकमद्वारा सञ्चालन गरिने राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्र अन्तर्गत (आ.व. २०८१/८२) को परियोजनाहरु मध्ये उत्कृष्ट अनुसन्धान परियोजना (Excellent Research Grant, ERG) का लागि सफल चार अनुसन्धान समूहलाई शिक्षाध्यक्ष प्रा.डा. खड्ग के.सी.बाट अनुसन्धान परियोजना करार पत्र वितरण गरियो । चार अनुसन्धान समूहको प्रमुख अनुसन्धान कर्ता क्रमश: डा. प्रमोद पौड्याल, डा. अनिल भट्टराई, डा. लक्ष्मण खनाल र डा. सोनी बराल हुनुहुन्छ । करार पत्र वितरण कार्यक्रम अनुसन्धान निर्देशनालयका निर्देशक प्रा.डा. ईश्वर कोइरालाले सञ्चालन गर्नु भएको थियो ।