यो दानदातव्य कोष “डा. केशव प्रसाद उपाध्याय स्मृत्ति कोष” का नाममा सञ्चालन हुने गरी त्रिभुवन विश्वविद्यालय र दानदातव्यकर्ता प्रणय कुमार उपाध्याय, चावहिल काठमाण्डौं मिति २०८२/०७/२० का दिन दानदातव्यकर्ताबाट रु. १०,०१,०००।— (अक्षेरुपी दश लाख एक हजार मात्र) को दानदातव्य कोष स्थापना गरी निम्नानुसार लक्ष्य हासिल गर्न “त्रिभुवन विश्वविद्यालय दानदातव्य कोष सञ्चालन सम्बन्धी विनियम, २०७९” को अधीनमा रही परिचालन र व्यवस्थापन गर्ने उद्देश्यका निम्ति यो सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । त्रिभुवन विश्वविद्यालय अन्र्तगत संचालन हुने नेपाली विषयको स्नात्तकोत्तर तहमा सर्वोत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने १ जना विद्यार्थीलाई “डा. केशव प्रसाद उपाध्याय स्मृत्ति स्वर्ण पदक” तथा प्रमाणपत्र प्रदान गर्ने छ ।