Dr. Akio Hakamata Thesis Grant

Dr. Akio Hakamata Thesis Grant

2025-08-13

त्रिभुवन विश्वविद्यालमा जापानको सिजोका प्रिपेक्चर स्थित आवाटा मिस्सुकी शहर निवासि डा अकिहो हाकामाटाले त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागबाट प्रत्येक बर्ष Parasitology विषयमा सर्वोत्कृट अंक प्राप्त गर्ने विद्यार्थीलाई छात्रबृत्ति (Dr. Akio Hakamata Thesis Grant )  उपलब्ध गराउने उद्देश्यले रु २० लाख नेपाली रुपैँया दानदातव्य कोषमा योगदान गर्नुभएको छ । उक्त रकम त्रिभुवन विश्वविद्यालय दानदातव्य कोष सञ्चालन सम्वन्धी विनियम २०७९ अनुसार कार्यान्वयन हुनेछ । दानदातव्य कोषमा योगदान तथा कोष परिचालन सम्झौतामा त्रिभुवन विश्वविद्यालयका तर्फवाट रजिष्ट्रार प्रा.डा केदार प्रसाद रिजाल र डा अकिहो हाकामाटाले हस्ताक्षर गर्नुभएको छ भने साक्षिको रुपमा त्रिवि प्राणिशास्त्र केन्द्रिय विभागका विभागिय प्रमुख प्रा.डा कुमार सापकोटा र त्रिवि योजना निर्देशनालयका निर्देशक डा.लक्ष्मी कान्त शर्माले साक्षिको रुपमा हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालका उपकुलपति प्रा.डा दिपक अर्याल र शिक्षाध्यक्ष प्रा.डा खडग केसी लगायतको उपस्थिति रहेको थियो ।