काठमाडौं । साउन २५
त्रिभुवन विश्वविद्यालय र पेकिङ विश्वविद्यालय विच शैक्षिक तथा अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । एसिया क्षेत्रकै उत्कृष्ट शैक्षिक तथा अनुसन्धानको श्रेणीमा रहेको पेकिङ विश्वविद्यालयका Vice President, Prof. Dr. Ning Qi को प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका विभिन्न शैक्षिक निकायहरु र अनुसन्धान केन्द्रसँग सहकार्य गरि दुवै देशविच प्राज्ञिक ज्ञान, अनुभव र अनुसन्धान साटासाट गर्ने गरि भविष्यका सार्थक सहकार्य गर्ने विषयमा छलफल भएको थियो । त्रिभुवन विश्वविद्यालका उपकुलपति प्रा.डा दिपक अर्यालले त्रिभुवन विश्वविद्याल र पेकिङ विश्वविद्यालय विच प्राध्यापक, अनुसन्धानकर्मी र विद्यार्थि तहमा रहेको सम्वन्धलाई संस्थागतरुपमा अघि बढाउने कार्य प्रारम्भ भएको वताउनुभयो । कार्यक्रममा Vice President, Prof. Dr. Ning Qi ले त्रिभुवन विश्वविद्यालयसँगको थप सहकार्यका लागि पेकिङ विश्वविद्यालय उत्सुक रहेको बताउनुभएको थियो ।
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा खडग केसीले पेकिङ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले प्राज्ञिक तथा अनुसन्धान सहकार्य गरि आ/आफना विशिष्ट अनुभव साटासाट गरि विज्ञान एव सामाजिक विज्ञान क्षेत्रमा थप योगदान गर्न सकिने साथै वदलिदो भुराजनितिक परिस्थिति र परिवर्तनका कारण नेपाल र चिनिया विश्वविद्यालय विच थप सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएकव थियो । त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा केदारप्रसाद रिजाल समग्र मानव कल्याण र देशको आर्थिक/सामाजिक विकासका लागि पेकिङ विश्वविद्यालय र त्रिविविच सहकार्य गर्न सकिने बताउनुभयो । उहाँले नेपालि विद्यार्थी पश्चिमा देशहरुमा अध्ययन गर्न जाने र उतै हराउने समस्या रहेकोले चिनिया विश्वविद्यालयसँगको सहकार्यले बौद्धिक पलायनसमेत रोक्न मद्दत हुने धारणा व्यक्त गर्नुभएको थियो ।अन्तरक्रिया कार्यक्रममा विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा.डा पशुपति अधिकारी एवम् काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेशन (KCRE) उपनिर्देशक डा.विनोद दवाडी को सहभागिता रहेको थियो भने पेकिङ विश्वविद्यालयको तर्फवाट Prof. Li Shujing, Chair of the Council of School of Foreign Languages, Prof. Wu Jiewei, Vice Dean of School of Foreign Language, Prof. Wang Hao, School of Foreign Language, Asso. Prof. Wang Xu, Asso. Prof. Zhang Xing, Asso.Prof. Shi Yue, Asst. Prof. Zhang Yabing, लगायतको उपस्थिति रहेको थियो ।