उपकुलपतिद्धारा कानून संकायको भवन उदघाटन

उपकुलपतिद्धारा कानून संकायको भवन उदघाटन

2025-07-30

 

त्रिभुवन विश्वविद्यालय कानून संकायको नवनिर्मित भवनको उदघाटन त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा दिपक अर्यालले गर्नुभएको छ । बल्खुहाइट स्थित कानून संकायको उक्त भवन रु ५ करोड ३६ लाख २३ हजार २२४ रुँपैया लागतमा निर्माण भएको हो । ६ वटा स÷साना भूकम्प प्रतिरोधी भवन निमार्ण गरी विगत १३ महिनादेखि कानुन डीन कार्यालयले आफना शैक्षिक एवम् प्रशासनिक क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ । भवनको उदघाटन कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा दिपक अर्यालले सवै अध्ययन संस्थान एवम् संकायहरुको आफनो छुट्टै कार्यालय निमार्ण गर्ने बताउनुभयो । उहाँ कानूनको शिक्षाको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण पूर्वज प्राध्यापकहरुको स्मरण गर्नुहुँदै देशको कानूनी शिक्षा थप गुणस्तरिय र प्रभावकारी हुनुपर्ने बताउनुभयो । कानुनको महत्व र यसक्षेत्रको गरिमाका बारेमा आफू लामो समयदेखि परिचित रहँदै आएको उल्लेख गर्नुहँदै उपकुलपति अर्यालले विश्वविद्यालयको नियमानुसार कानून शिक्षाको विकास र उन्नयनका लागि सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।

May be an image of 15 people

कार्यक्रममा कानून संकायका डिन प्रा.डा कृष्णप्रसाद बस्यालले कानुनी शिक्षाको ऐतिहासिक पृष्ठभूमिका बारेमा बताउनुहुँदै वि.स १९६२ मा श्रेस्ता पाठशाला बाट नेपालमा कानूनी शिक्षाको औपचारिक प्रारम्भ भएको र वि.स २०११ सालमा नेपाल ल कलेजको स्थापना भई त्रिभुवन विश्वविद्यालमा वि.स २०१६ मा गाभिएको जानकारी गराउनुभएको थियो । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको नेपाल ल क्याम्पसमा विस २०३० बाट कानूनमा प्रमाणपत्र, २०४२ बाट कानुनमा स्नातक, र २०५४ बाट स्नातकोत्तर अध्ययन शुरुवात भएकोमा हाल प्रमाणपत्र तह खारेज भई स्नातक तहमा १ हजार ८ सय विद्यार्थी, स्नातकोत्तर तहमा २७० र विद्यावारिधि तहमा ६२ जना शोधार्थीहरु अध्ययनरत रहेको जानकारी गराउँनुभएको थियो । १३४ जना दरवन्दी रहेको कानून संकायमा हाल जम्मा ३६ जना स्थायी शिक्षकहरु रहेकोले अध्ययन/ अध्यापन कार्य निकै कठिनाई र चुनौतीपूर्ण रहेको जानकारी गराउनुहँदै कानून संकायका डीन प्रा.डा बस्यालले यथाशक्य शिक्षकहरुको उपलब्ध गराउने परिस्थित निर्माणमा सहयोग गरिदिनुहुन उपकुलपति समक्ष विशेष अनुरोध गर्नुभएको थियो । कार्यक्रममा पूर्व डीनहरु प्रा.डा ताराप्रसाद सापकोटा र प्रा.डा बिजयसिंह सिजापतिलाई सम्मान समेत गरिएको थियो ।