त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान अनुसन्धान विभागले “सीमाहरु बिस्तार गर्दै: अनुसन्धान संस्कृतिमा नवप्रवर्तन (Pushing the boundaries: breakthrough in research culture)” विषयमा २०८२ असार २८ गते पार्क भिलेज रिसोर्ट, काठमाडौँमा पहिलो अनुसन्धान सम्मेलन आयोजना गर्यो। त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा. डा. दीपक अर्यालको प्रमुख आतिथ्यमा सम्मेलनको प्रारम्भ बिहान ८ बजे दर्ताबाट शुरू भई, आसन ग्रहण, राष्ट्रिय गान तथा पानस प्रज्वलनसँगै विधिवत् उद्घाटन गरिएको थियो। अध्ययन संस्थानका डीन प्रा. डा. मोहन राज शर्माको पहल, र मार्गदर्शनमा तथा अनुसन्धान विभाग प्रमुख प्रा. डा. पलेस्वाँ जोशी लाखे (आयोजक अध्यक्ष), डा. हेम राज पनेरू (आयोजक सचिव) र डा. ओलिता शिल्पकार (वैज्ञानिक अध्यक्ष) को नेतृत्वमा उक्त सम्मेलन सम्पन्न भएको थियो। सम्मेलनमा संस्थानका डीन प्रा. डा. मोहन राज शर्माले यस कार्यक्रमका उद्देश्यमाथि प्रकाश पार्दै भन्नुभयो, “अनुसन्धान संस्कृतिमा नवीनता ल्याउनु, सहकार्य सशक्त बनाउनु, नीति बहसमार्फत स्वास्थ्य सेवा सुधार गर्नु, तथा युवा स्वास्थ्य वैज्ञानिकलाई अनुसन्धानमा प्रेरित र प्रतिबद्ध बनाउनु सम्मेलनको मुख्य उद्देश्य हो” साथै “यस प्रकारको कार्यक्रमलाइ अझैँ सशक्त बनाउन पहल गर्दै प्रत्येक वर्ष आयोजना गर्ने सोच राखेका छाैँ।”
स्वागत मन्तव्य आयोजक अध्यक्ष प्रा. डा. पलेस्वाँ जोशी लाखेले राख्नुभयो। अनुसन्धानको यात्रा सम्बन्धी मन्तव्य डीन प्रा.डा. मोहन राज शर्माले, प्रमुख अतिथिको मन्तव्य उपकुलपति प्रा. डा. दीपक अर्यालले राख्नुभयो। डा. ओलिता शिल्पकारले वैज्ञानिक कार्यक्रमको संक्षिप्त विवरण प्रस्तुत गर्नुभयो भने, धन्यवाद ज्ञापन डा. हेमराज पनेरूले गर्नुभयो।
कार्यक्रममा प्राध्यापक, अनुसन्धानकर्ता, चिकित्सक, विद्यार्थी र नीति निर्माताहरुका साथै संस्थानका पूर्व डीनहरु, सहायक डीनहरु, संस्थान अन्तर्गत रहेका अस्पतालहरुका कार्यकारी निर्देशक, क्याम्पस तथा विभागीय प्रमुखज्युहरु गरि ४०० भन्दा बढी सहभागि रहेका थिए। कार्यक्रममा प्रमुख वक्ता डा. तरुण सलूजा (इन्टरनेसनल भ्याक्सिन इन्सटिट्युट), एवं प्रा. डा. शंकर खनाल (डीन, विज्ञान तथा प्रविधि संस्थान, त्रिभुवन विश्वविद्यालय) हुनुहुन्थ्यो। सम्मेलनको मुख्य आकर्षण रहेको दुइवटा प्यानल छलफलहरुमा; १) चिकित्साशास्त्र अध्ययन संस्थानमा ५३ वर्षको चिकित्सा शिक्षा र अनुसन्धान (प्यानलिस्टः पूर्व डीनहरु प्रा. डा. जगदीश प्रसाद अग्रवाल, प्रा. डा. अरुण सायमी, प्रा. डा. दिव्या सिंह शाह, र वर्तमान डीन प्रा. डा. मोहन शर्मा; संयोजक: प्रा. डा. सुरेश उप्रेती), तथा २) नेपालमा अनुसन्धान वित्तको अवस्था (प्यानलिस्टः डा. नीरज धिताल - बिश्वबिद्यालय अनुदान आयोग, प्रा. डा. ईश्वर कोइराला–निर्देशक, न्रि.बि अनुसन्धान बिभाग, डा. प्रमोद जोशी–कार्यकारी प्रमुख, नेपाल स्वास्थ्य अनुसन्धान परिषद, डा. रविन्द्र ढकाल–सचिव, नास्ट; संयोजक: प्रा. डा. पलेस्वाँ जोशी लाखे) बिषयमा बिस्तृत छलफल भएको थियो। त्यस्तै आमन्त्रित वक्ताहरुले अनुदान लेखन (प्रा. डा. मोहन राज शर्मा), क्लिनिकल ट्रायल डिजाइन (प्रा. डा. बुद्ध बस्न्यात), स्वास्थ्य अनुसन्धानमा नैतिकता (प्रा. डा. आरती शाह), डिमिस्टिफाइङ्ग क्लिनिकल रिसर्च मेथड (प्रा. डा. महेश मास्के), बेसिक साइन्स रिसर्च (प्रा. डा. जीवन शेरचन), रिसर्च कल्चर इन रेजिडेन्सीः रेलिभेन्स अफ थेसिस राइटिङ्ग (प्रा. डा. रमेश सिंह भण्डारी), सामुदायिक बनाम संस्थागत अनुसन्धान (प्रा. डा. सरला श्रेष्ठ), आइसियु डेटा रजिस्ट्रि र नेपालमा अनुसन्धान सक्षमता (सह-प्रा. डा. दिप्तेश अर्याल) बिषयमा आफ्ना अनुसन्धानात्मक प्रस्तुति दिनभयो।
अनुसन्धान फोरममा चिकित्साशाश्त्र अध्ययन संस्थानका आंगिक एवं सम्बद्ध क्याम्पसहरूका प्रतिनिधिज्युहरुले आ-आफ्ना क्याम्पसमा भइरहेका अनुसन्धानात्मक कार्यक्रमहरुका साथै प्रगति, चुनौती तथा अवसरका बारेमा प्रकाश पार्नुभएको थियो। त्यस्तै ३१ जना अनिसन्धानकर्ताहरुले आफ्ना अनुसन्धानका बारेमा प्रस्तुति दिनुभएको थियो। यसै शिलशिलामा १० जना आवाशीय चिकित्सकहरुका प्रस्तुतिहरुमध्ये उत्कृष्ट मौखिक प्रस्तुति दिने डा. सम्पन्न पाण्डे (एम.सि.एच रेजिडेन्ट, सर्जिकल ग्यास्ट्रोएन्टेरोलोजि) लाइ नगद पुरस्कार रु. १०,००० सहित प्रमाणपत्र, एवं मायाको चिनो प्रदान गरियो। नगद पुरस्कार क्लिनिकल रिसर्च एण्ड ट्रेनिङ कमिटी, त्रि.बि. शिक्षण अस्पतालद्वारा प्रायोजन गरिएकोमा कार्यकारी निर्देशक प्रा. डा. सुवास प्रसाद आचार्यप्रति कृतज्ञता व्यक्त गरियो।
सम्मेलनले अनुसन्धान संस्कृतिमा प्रेरणा, सहकार्य र सञ्जाल विस्तारमा उल्लेखनीय योगदान गरी चिकित्साशास्त्र अध्ययन संस्थानको अनुसन्धान यात्रा अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो। डीन कार्यालय, प्रबन्ध समिति, स्वयंसेवक, वक्ता र सबै सहभागीलाई विशेष धन्यवाद ज्ञापन गर्दै सम्मेलन औपचारिकरुपमा समापन गरिएको थियो।