सिनासको ५४ औ बार्षिकोत्सव  

सिनासको ५४ औ बार्षिकोत्सव  

2025-07-17

त्रिभुवन विश्वविद्यालयका उपकुलपति  प्रा.डा दिपक अर्यालले विज्ञानका खोज,अनुसन्धान र आविस्कारलाई सामाजिक जिवन र हाम्रा अमुल्य भाषा, मान्यता र सस्कृतिसँग जोडेर सामाजिक अन्तरक्रियालाई थप सशक्त बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालय, नेपाल र दक्षिण एसियाली अनुसन्धान केन्द्र (सिनास) को ५४ औं बार्षिक दिवसलाई सम्वोधन गर्नुहुँदै उपकुलपति प्रा.डा अर्यालले विज्ञानलाई समाजशास्त्र र मानवशास्त्रका दृष्टीकोणबाट समेत अध्ययन गर्न अध्येताहरुलाई प्रेरित गर्नुपर्ने बताउनुभएको थियो

बार्षिक दिवस समारोहको अवसरमा मानविकी तथा सामाजिक शास्त्र सङकायका डिन प्रा.डा दुविनन्द ढकालद्धारा लिखित "Purbiya Raji Grammar" पुस्तक र अंग्रेजी साहित्यका प्रा.डा कृष्णचन्द्र शर्माद्धारा लिखित पुस्तक "Trend and Tradition of Nepali Folk Literature" बिमोचन गरिएको छ । उक्त अवसरमा अक्फोड विश्वविद्यालयका नेपालसम्वन्धी विषयका अध्येता Prof. David Gellner ले नेपालको कला,संस्कृति र यसमा विविध पक्षहरुका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कीर्तिपुर स्थित नेपाल र दक्षिण एसियाली अनुसन्धान केन्द्रको अस्टाबक्र हलमा आयोजित बाषिकोत्सव समारोहलाई सम्वोधन गर्नुहुँदै । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा घनश्याम भट्टराईले नेपालसँगै छिमेकीहरु दक्षिण एसियाली मुलुककै गहिरो अध्ययन गरी राष्ट्रीयरुपमा प्राज्ञिक चेतना युक्त अध्ययन/ अनुसन्धान गर्ने ऐतिहासिक गरीमा बोकेको सिनासले व्याप्त शिथिलतालाई सक्रियतामा परिणत गर्नुपर्ने बताउनुभयो । अनुसन्धानका दायरा,पद्धति र भूमिका विस्तार गर्दै मुलुको महत्वपूर्ण र स्वायत्त थिङ ट्याङ्कको भूमिकामा फर्कन समेत अनुरोध गर्नुभएको थियो ।

नेपाल र दक्षीण एसियाली अनुसन्धान केन्द्र (सिनास) का कार्यकारी निर्देशक सहप्राध्यापक मृग्रेन्द्र बहादुर कार्कीले सिनास समाज र संस्कृतिका साथै नेपाल र दक्षिण एसियाली समाज अध्ययनको पर्याय रहेको बताउनुभयो । समय र परिस्थितिमा आएको वदलावले सिनासको राष्ट्रिय भूमिकामा देखिएको अन्योलता, विश्वविद्यालयकै कम प्राथमिकता र वेवास्ताका कारण असहज परिस्थित भोग्दै आइरहेको यथार्थताका विच विगतको राष्ट्रीय महत्व र शक्ति र लगानीको अवस्थालाई मात्रै हेरेर नहुने बताउनुभयो । विगतमा ७५ जना प्राध्यापकहरु अनुसन्धानमा क्रियाशिल रहेकोमा हाल जम्मा ५/७ जनाको योगदानमा सिमित हुने परिस्थिति निर्माण भएको बताउनुभयो । उहाँले अनुसन्धान केन्द्रको भूमिका विस्तार गर्ने र थप चलायामान बनाउनुका साथै शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति दिन समेत उपकुलपति समक्ष अनुरोध गर्नुभएको थियो ।

बार्षिक दिवस कार्यक्रममा त्रिवि सेवा आयोगका सदस्य प्रा.डा अजय भट्टराई, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्रा.डा शंकर प्रसाद खनाल, सिनासको पूर्व कार्यकारी निर्देशक प्रा.डा निर्मलमान तुलाधर लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।