त्रिभुवन विश्वविद्यालय योजना परिषद्को बैठकले आर्थिक बर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम पास गरेको छ ।
आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रमले मानव संशाधन व्यवस्थापन तथा जनशक्ति विकास, शैक्षिक कार्यक्रम तथा पाठ्यक्रम सुधार, परीक्षा सुधार, संस्थागत पुर्नसंरचना तथा विकास, सूचना प्रविधी र डिजिटल रुपान्तरण, अनुसन्धान तथा प्रकाशन, भौतिक पूर्वाधार, विश्वविद्यालयको सम्पत्ति र स्रोतको परिचालन, अनुगमन, गुणस्तर नियन्त्रण र सुशासन र वित्तिय व्यवस्थापनलाई मुख्य प्राथमिकता दिएको छ ।
योजना परिषदको वैठकलाई सम्वोधन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा खडग केसीले विविध व्यवस्थापकिय चुनौतीका बावजुत उच्चशिक्षालाई ज्ञान उत्पादनको केन्द्र बनाउन र प्राज्ञिक एवम् प्रशासनिक कार्यलाई व्यवस्थित बनाउन महत्वपूर्ण सुधारहरु भएको उल्लेख गर्नुभएको थियो । सरकारले उच्चशिक्षामा निरन्तर बजेट कटौती गरिरहेकाले ज्ञान उत्पादन गर्ने र अनुसन्धान गर्ने विश्वविद्यालयको कार्यमा थप जटिलता थपिएको भएपनि आफ्नै आन्तरिक स्रोत व्यवस्थापन मार्फत अनुसन्धानमा बजेट विनियोजन गरिएको बताउनुभयो । त्रिभुवन विश्वविद्यालयका निमित्त शिक्षाध्यक्ष प्रा.डा दुबिनन्द ढकालले नीति तथा कार्यक्रमका सन्दर्भमा योजन परिषदका सदस्यहरुले दिनुभएका सुझावहरुलाई सकरात्मकरुपमा ग्रहण गरिएको र त्रिवि सभामा पेश हुने नीति कार्यक्रम तथा बजेटमा स्रोत र साधनले भ्याएसम्म उपयुक्त सुझावहरुलाई ग्रहण गरिने बताउनुभएको थियो । त्रिभुवन विश्वविद्यालयका रजिष्टार प्रा.डा केदार प्रसाद रिजालले नीति तथा कार्यक्रमलेले विश्वविद्यालय सुधारका निश्चित उदेश्यहरु बोकेको र आफना निश्चित स्रोत र साधनहरुको अधिकतम उपयोग गर्ने अभिप्राय रहेको बताउनुभएको थियो । मानव संशाधन व्यवस्थापन तथा जनशक्ति विकास, शैक्षिक कार्यक्रम तथा पाठ्यक्रम सुधार, परीक्षा सुधार, संस्थागत पुर्नसंरचना तथा विकास, सूचना प्रविधी र डिजिटल रुपान्तरण, अनुसन्धान तथा प्रकाशन, भौतिक पूर्वाधार, विश्वविद्यालयको सम्पत्ति र स्रोतको परिचालन, अनुगमन, गुणस्तर नियन्त्रण र सुशासन र वित्तिय व्यवस्थापनलाई आफूहरुले केन्द्रविन्दुमा राखेका कार्य गर्ने र एउटा सवल र सुदृढ शैक्षिक संस्थाको रुपमा विकसित गर्न वास्तविक धरातलमा टेकेर नीति तथा कार्यक्रम निर्माण गरिएको बताउनुभयो ।
त्रिवि योजना निर्देशनालयका निर्देशक तथा योजन परिषदका सदस्य सचिव डा लक्ष्मीकान्त शर्माले पेश गर्नुभएको आर्थिक बर्ष २०८२।०८३ को नित तथा कार्यक्रममा त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्वन्धनप्राप्त क्याम्पस तथ कलेजहरुमा प्राध्यापन गर्न त्रि.वि योग्यता परीक्षा को लागि कार्यदल गठन गरेको र कार्यदलले कार्य अघि बढाएको, विश्वविद्यालयको विद्यमान मानवस्रोत, प्राज्ञिक एवं प्रशासनिक अवस्थाको समीक्षा गरी यसको व्यवस्थापनका लागी संगठन एवं व्यवस्थापन सर्वेक्षण कार्य प्रारम्भ गरिएको, अनुसन्धानलाई उत्पादन र उद्योगसँग जोडनका लागी त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्कुबेसन केन्द्र लाई क्रियाशिल बनाइएको, विश्वविद्यालयमा सावधिक पदमा नियुक्तिका लागि मापदण्ड तयार गरी विश्वविद्यालयमा गरिने नियुक्तिलाई प्रतिस्पर्धात्मक र पारदर्शी बनाइएको, शैक्षिक पात्रोलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी परीक्षामा उल्लेख्य सुधार गरिएको र परीक्षालाई थप प्रभावकारी बनाउन क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरुको क्षमता अभिबृद्धी गरी अनलाइन माध्याम मार्फत विद्यार्थीहरुलाई सेवा प्रवाह गरिएको, विश्वविद्यालयलाई अटोमेसन गर्ने कार्य भैसकेको र शैक्षिक सूचना व्यवस्थापन प्रणाली, केन्द्रीकृत लेखा प्रणाली र परीक्षा नियन्त्रण कार्यालयका लागी आवश्यक कम्प्युटर एप्स तयार गरिएको, लेखा प्रणालीलाई सूचनामत्री बनाउदै लैजान र विश्वविद्यालयको लेखापरीक्षणलाई बढी व्यवस्थित र आर्थिक अनुशासन कायम गर्न सम्वन्धित कर्मचारीहरुको दक्षता अभिबृद्धि गर्न नियमित तालिम तथा गोष्ठी आयोजना गरिएको, विश्वविद्यालयको भौतिक सम्पत्तिको खोजी तथा संरक्षण गर्ने उदेश्यका लागि गठित त्रिविको जग्गा खोजबिन समिति गठन भइ प्रतिवेदन नेपाल सरकार समक्ष पेश गरिसकिएको, समकक्षता प्रक्रियामा सरलीकरण र पारदर्शी प्रक्रिया अबलम्वन गर्नका लागी नयाँ कार्यविधि र सफटवेयर निर्माणको कार्य सम्पन्न गरी लागु गरिएको, विश्वविद्यालयमा अनुसन्धानलाई प्रोत्साहन गर्ने निति अनुरुप हरेक बर्ष उत्कृष्ट अनुसन्धान तथा प्रकाशन गर्ने अनुसन्धानकर्तालाई पुरस्कृत गर्ने कार्य प्रारम्भ गरिएको, उत्कृष्ट कर्मचारी पुरस्कृत गर्ने व्यवस्था गरिएको, त्रिविमा अध्ययन अनुसन्धानका लागि आउने विदेशि विद्यार्थी तथा अनुसन्धानकर्ताका लागि अन्तराष्ट्रीय सम्बन्धन केन्द्र मार्फत एकद्धार भिसा प्रणाली लागु गरिएको, अध्ययन संस्थान तथा सङकायका विभिन्न विषयमा श्रम बजार उन्मुख कार्यक्रमका ढाँचामा पाठयक्रमको निर्माण र प्राध्यापकहरुको क्षमता अभिबृद्धी तालिमको व्यवस्था गरिएको, विश्वविद्यालयमा लामो समयपछि प्राध्यापक तथा कर्मचारीको पदोन्नति तथा रिक्त पदहरुमा पदपूर्तीको प्रक्रिया अगाडी बढाइएको, विश्वविद्यालयको अनुसन्धान स्तरमा वृद्धि गर्न, अनुसन्धानमा विशिष्टता हासिल गरेका दक्ष शैक्षिक जनशक्तिलाई विश्वविद्यालयमा भित्राउने उदेश्यसहित २०७३ बाट प्रारम्भ गरिएको अनुसन्धान विशिष्टतामा आधारित खुला प्रतियोगिताद्धारा शिक्षकहरुको नियुक्ति प्रक्रियालाई निरन्तरता दिइँदै सबै संकाय र अध्ययन संस्थानमा उपप्राध्यापक देखि प्राध्यापकसम्म विश्वविद्यालयमा अध्यापन गरिने विषयहरुलाई समाविष्ट गरी विज्ञापन गरिएको, त्रिवि मातहतका विभिन्न निकायबाट उच्चशिक्षा अध्ययन बिदा उपभोग गरी विश्वविद्यालयमा नफर्केका र विदा उपभोग गरी तोकिएको उपाधि हासिल नगरेका शिक्षक तथा कर्मचारीको लगत विवरण तयार गर्ने कार्य अन्तिम चरणमा रहेको, शिक्षक तथा कर्मचारीलाई त्रिवि जनशक्ति विकास परिषदमार्फत स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधीका लागी प्रदान गरिदैँ आएको बिद्धतवृत्तिको सख्या एवं विद्धतवृत्तिको रकम बृद्धि गरिएको, त्रिविको टाइम्स हाइयर एडुकेशन मा विश्वस्तर मापनलाई सुधार गर्नका लागि आवश्यक तथ्याड्डको निरन्तर संकलन, विश्लेषण तथा प्रस्तुतिका लागी बिज्ञ समिति मार्फत कार्य अघि बढाइएको, प्रयोगशालामा हुन सक्ने सम्भाव्य दुर्घटना बिमा नितिको निर्माण र अनलाइन कक्षा सन्चालनलाई व्यवस्थित र नियमन गर्नका लागि आवश्यक नीति निर्माण गर्न, सामाजिक सञ्जाललाई निमयनका लागि नीति निर्माण गर्न, लैगिक हिंसा निरुत्साहित गर्न,सेमेष्टर कार्यविधिमा संसोधन गर्न, परीक्षासँग सम्वन्धित शुल्क परिमार्जन गर्न विभिन्न संकाय तथा अध्ययन संस्थानमा कार्यरत प्रशिक्षक तहमा शिक्षकहरुको दरवन्दी मिलान तथा वढुवा गर्नका लागि विभिन्न समितिहरु गठन गरी अध्ययन भइरहेको, त्रिवि परिसरभित्रको सौन्दर्यीकरणका लागि सडकपेटी तथा पार्कीङ स्थल निर्माण, कर्मचारीहरका लागी एकीकृत आवासगृह निर्माण, विश्वविद्यालय क्याम्पस र केन्द्रीय कार्यालय परिसरमा चमेनागृह निर्माण कार्य अघि बढेको साथै सिनेटहल फर्निसिङ गर्ने कार्य अघि बढाइएको छ । यसैगरी विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत केन्द्रीय एकीकृत प्रयोगशाला एवं जल तथा मौसम विज्ञान केन्द्रीय विभाग अन्तर्गत हिमताल अनुगमन प्रयोगशाला र चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत एकीकृत अनुसन्धान प्रयोगशालाका लागी अनुदान प्राप्त भइसकेको र प्रयोगशाला निर्माण कार्य अघि बढाइएको साथै चितवन इन्जिनियरिङ क्याम्पसमा कार्यक्रम थप गर्ने र चितवन इन्जिनियरिङ क्याम्पस, घोराही इन्जिनियरिङ क्याम्पस र खप्तड इन्जिनियरीङ क्याम्पसको भौतिक सुविधा निर्माण गर्ने चालु आ.ब को नीति तथा कार्यक्रम अनुसाद दाङमा बहुउदेश्यीय बहुबर्षीय भवन निर्माण योजना स्वीकृत भई कार्य प्रारम्भको चरणमा रहेको विषय उल्लेख गरिएको छ ।