त्रिभुवन विश्वविद्यालय र स्वास्थ्य मन्त्रालयविच समझदारी नविकरण
त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार, स्वास्थ्य तथा जनसङख्या मन्त्रालयबिच मिति २०७१ असोज ८ गते भएको शिक्षक, कर्मचारी र विद्यार्थीको स्वास्थ्य उपचार सुविधा सम्वन्धमा भएको समझदारी पत्र नविकरणा भएको छ । त्रिभुवन विश्वविद्यालयका शिक्षक,कर्मचारी र विद्यार्थीहरुलाई कल्याणकारी योजना अनुरुप योगदानदायी सिद्धान्तका आधारमा स्वास्थ्य उपचार सुविधाको व्यवस्था नेपाल सरकार अन्तर्गतका स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा संघिय अस्पतालहरुबाट प्रदान गरिने उल्लेख गरिएको छ ।
माननिय स्वास्थ्य मन्त्री प्रदिप पौडेलको उपस्थितिमा भएको समझदारी नविकरणमा त्रिभुवन विश्वविद्यालयका तर्फवाट उपकुलपति प्रा.डा खडग के.सी, रजिष्ट्रार प्रा.डा केदारप्रसाद रिजाल, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा. पशुपति अधिकारी र सहप्राध्यापक डा.प्रमोद पौडेलको उपस्थिति रहेको थियो भने नेपाल सरकार, स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका तर्फबाट स्वास्थ्य सचिव डा सरोज शर्मा र डा पुष्पराज पौडेलको सहभागिता रहेको थियो ।