सेडाद्धारा विमस्टेक अन्तर्गतको नेटवर्क अफ पोलिसी थिङ्क ट्याङ्कको बैठक आयोजना

सेडाद्धारा विमस्टेक अन्तर्गतको नेटवर्क अफ पोलिसी थिङ्क ट्याङ्कको बैठक आयोजना

2025-05-30

त्रिभुवन विश्वविद्यालय आर्थिक विकास तथा  प्रशासन अनुसन्धान केन्द्र(सेडा) ले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) अन्र्तगतको नेटवर्क अफ पोलिसी थिङ्क ट्याङ्क Network for Policy Think Tanks (BINPTT)  को सातौं बैठक आयोजना गरेको छ । बैठकमा बिमस्टेकका सदस्यराष्ट्रहरु बंगलादेश, भुटान, भारत, म्यानमार, नेपालश्रीलंका र थाइल्याण्डबाट विज्ञहरुको उपस्थिति रहेको छ ।

ललितपुर स्थित होटल हिमायलमा आयोजित सातौ नेटवर्क अफ पोलिसी थिङ्क ट्याङ्क बैठकलाई सम्बोधन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा खड्ग के.सी ले दक्षिण र दक्षिण पूर्वी एसियाका मुलुकहरुका जनता देखि जनतासम्म आर्थिक,सामाजिक एवं प्राविधिक पक्षहरुको आपसी सहयोग आदान प्रदान गर्दै आर्थिक,सांस्कृतिक एवम् पर्यटकीय सम्भाव्यताको उजागर गरी  समुन्नत समाज निर्माण उद्देश्यले निर्माण भएको प्रभावशालि सहयोग संगठनको रुपमा बिमस्टेकको भूमिका निकै सान्र्दभिक र औचित्यपूर्ण रहेको बताउनुभयो । नेपाल र भुटान जस्ता प्रत्यक सामुन्द्रिक सम्पर्क नभएका मुलुकहरुले बिमस्टेकको माध्यामबाट थप प्राथमिकता पाउने अपेक्षा गरिएको बताउनुहुँदै दक्षिण र दक्षिणपूर्वी एसियाका देशहरु बिच थप विश्वास बढ्नुपर्ने, सहयोगका क्षेत्रहरु विस्तारीत हुनुपर्ने, जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन हुनुपर्ने, जनताकेन्द्रीत आर्थिक÷सामाजिक कार्यक्रम निर्माण हुनुपर्ने र सबै देशका विशिष्ट ऐतिहासिक, भौगोलिक एवम् सामाजिक सांस्कृतिक परिवेशको पहिचान गरी सम्मानजनक भूमिका निर्माण गराउन नेटवर्क अफ पोलिसी थिङ्क ट्याङ्कको बैठकमा उपस्थित बिज्ञहरुको प्रभावकारी  भूमिका रहने धारणा व्यक्त गर्नुभएको थियो ।

बैठकमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव इन्द्रमणी पाण्डेले विद्युतिय माध्यामद्धारा सम्बोधन गर्नुहुँदै बिमस्टेकमा आबद्ध सबै मुलुकहरुको संयुक्त प्रयासबाट दिगो सहकार्य मार्फत  आर्थिक, सामाजिक क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरी दक्षिण र दक्षिणपूर्वी एसियालाई थप समुन्नत बनाउन सकिने धारणा ब्यक्त गर्नुभयो । बिमस्टेकका सदस्यराष्ट्रहरु मिलेर विश्वले भोगिरहेको आर्थिक संकट, जलवायु परिवर्तन लगायतका चुनौतीहरु सामना गर्दै शिक्षा,स्वास्थ्य, प्रविधी, सुरक्षा लगायतका विषयहरुमा सहयोग अभिबृद्धी गरी आपसी सम्बन्धलाई थप प्रगाढ र सुमधुर बनाउने तर्फ आवश्यक छलफल र नीतिगत विचार विमर्श गर्न समेत विज्ञहरुलाई अनुरोध गर्नुभएको थियो । आर्थिक विकास तथा  प्रशासन अनुसन्धान केन्द्र (सेडा) का कार्यकारी निर्देशक प्रा.डा अर्जुन कुमार बरालले सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश नेपालमा विशिष्ट अतिथिको रुपमा बैठकमा सहभागी विज्ञहरुलाई स्वागत गर्नुहुँदै विमस्टेकको महत्वपूर्ण अंगको रुपमा रहेको नेटवर्क अफ पोलिसी थिङ्क ट्याङ्कले शान्ति, समृद्धी र सहकार्य को महत्वलाई थप विकसित गर्ने क्षमता राख्ने बताउनुभयो । विमस्टेक सदस्यराष्ट्रहरुको प्रभावशाली निकायबाट प्रतिनिधित्व गर्ने विज्ञहरुको बैठकले सहयोगका नयाँ क्षेत्रहरु पहिचान गर्ने, आपसि सम्भावनाहरु विस्तार गर्ने, आर्थिक,सामाजिक एवम् प्राविधिक क्षेत्रको विकासका लागि समझदारी कायम गर्ने र भौगोलिक सिमितता र निश्चिताबाट माथि उठेर सहकार्य अघि बढाउने धारणा व्यक्त गर्नुभएको थियो ।