त्रिभुवन विश्वविद्यालय,आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) र फेन्ड्स अफ सिल्क रोड क्लव नेपालको संयुक्त आयोजनामा कीर्तिपुर स्थित सेडा हलमा संयुक्त राज्य अमेरिकाले तय गरेको नयाँ भन्सार नीति र त्यसको भूराजनीति महत्वका साथै नेपाल-भारत-चीनको आर्थिक करिडोरमा पर्ने प्रभावको सम्वन्धमा विचार गोष्ठी सम्पन्न भएको छ ।
विचारगोष्ठीमा नयाँ अमेरिकाको नया भन्सार नितीले नेपाली अर्थतन्त्र, वस्तु र सेवाको उत्पादन, राष्ट्रिय तथा अन्तराष्ट्रिय मूल्य प्रभाव लगायतका पक्षहरुमा नेपाल सरिकारका पूर्व मुख्यसचिव बैकुण्ठ अर्याल, उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव गोविन्द बहादुर कार्की र सेडामा कार्यरत राष्ट्रिय योजना आयोगका पूर्व सदस्य रामकुमार फुयालले विस्तृत कार्यपत्र प्रस्तुत गरी अमेरिकी भन्सार नीतिका बाछिटा नेपाली अर्थतन्त्रमा समेत पर्ने भएकोले स्थानिय उत्पादलाई बृद्धि गर्नुपर्ने, विलासी बस्तुहरुको आयातलाई निरुत्साहित गर्नुपर्ने, कृषि क्षेत्रलाई प्राथमिकतामा राखी आयात कम गर्नुपर्ने, व्यापार असन्तुलन कम गर्नुपर्ने सुझाव दिनुभएको थियो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा खडग के.सी ले दुई तिव्र आर्थिक विकास भइरहेको देशको बिचमा रहको रणनितिक हिसावले संवेदनशिल भएकोले नेपालले कुनैपनि दुई ठूला देशहरु विच भएको द्धन्द्धमा पक्षधरता देखाउन नहुने विचार ब्यक्त गर्नुभएको थियो । अमेरिकाले आफनो आर्थिक/ राजनीतक प्रतिद्धन्द्धी राष्ट्रको रुपमा चीनलाई चौतर्फी घेरावन्दी गर्न खोजेको बुझिएकोले सचेततापूर्वक असंलग्नताको मान्यतालाई आत्मसात गर्दै आन्तरिक रुपमा कसरी मजबुत हुने भन्ने तर्फ केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) का कार्यकारी निर्देशक प्रा.डा अर्जुन बरालले अमेरिकाको भन्सार नितीले समग्र मुलुकलाई पार्नसक्ने आर्थिक प्रभावका बारेमा बिचार गोष्ठीले बहस उठाउन खोजेको बताउनुभयो ।उहाँले प्राज्ञिक तथा अनुसन्धान केन्द्रहरुले विश्वका आर्थिक सामाजिक एवम् भूराजनितिक पक्षहरुका सन्दर्भमा समेत दृष्टीकोण दिनुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो ।