त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचन देशभरका विभिन्न आंङ्गिक तथा सम्वन्धन प्राप्त क्याम्पसहरुमा सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयका ६२ बटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका क्याम्पसहरुमध्ये काठमाडौं उपत्यका भित्रका ११ र उपत्यका बाहिरका २९ बटा गरि जम्मा ४० बटा आङ्गिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको त्रिवि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितका सदस्य सचिव प्रा पशुपति अधिकारीले जानकारी गराउनुभएको थियो । उहाँले विश्वविद्यालय क्याम्पस किर्तिपुरमा २०८१।१२।०८ मा हुने साथै प्राविधिक एवम् व्यवस्थापकिय कठिनाईका कारण निर्वाचन हुन नसकेका उपत्यका र बाहिरका विभिन्न क्याम्पसहरुले समेत २०८१।१२।१५ गते सम्म निर्वाचन गरिसक्ने बताउनुभएको छ ।