तेह्रथुम बहुमुखी क्याम्पसमा शिक्षण भवन निर्माण

तेह्रथुम बहुमुखी क्याम्पसमा शिक्षण भवन निर्माण

2025-03-01

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा केशर जङ्ग बरालको कोशी प्रदेशमा रहेका त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरुको  अवलोकनको क्रममा वि.स २०१७ सालमा स्थापित पूर्व क्षेत्र को पुरानो आङ्गिक क्याम्पस तेह्रथुम बहुमुखी क्याम्पस आठराई चुहानडाँडामा  नवनिर्मित  शिक्षण भवनको २०८१ फागुन २० मा  उदघाटन गर्नुभएको छ । लामो सयमसम्म  पुरानो कच्ची  भवनमा  पठन पाठन  सञ्चालन  हुँदै आएकोमा अव  नवनिर्मित भवनको उद्घाटन भएसँगै  नयाँ भवनबाट  पठनपाठ सुरू हुने भएको छ ।

  त्रिभुवन विश्वविद्यालय केन्द्रिय कार्यालयको आर्थिक सहयोगमा ८ कोठे २ तले शिक्षण भवनको मुविन नलमक सेवा जे॰भी कम्पनिले २ करोड ६१ लाख लागतमा निर्माण सम्पन्न  गरेको हो   ।  शिक्षण भवनको उदघाटन समारोहलाई सम्वोधन गर्नुहुँदै उपकुलपति प्राडा केशर जङ्ग बरालले पूर्वको दुरदराजमा रहेको तेह्रथुम क्याम्पसमा विद्यार्थीहरु क्रमश कम हुँदै गइरहेको प्रति चिन्ता व्यक्त गर्नुभएको थियो ।उहाँले पहाडी क्षेत्रहरुमा वढिरहेको तिव्र बसाईसराइका कारण आङ्गिक तथा सम्वन्धन प्राप्त क्याम्पसहरुमा विद्यार्थी घटदै गइरहेकोले बजार केन्द्रित शैक्षिक कार्यक्रम तथा स्थानिय रुपमा रोजगार निर्माण भई उद्यमशिलता प्रवद्धन गर्नुपर्ने बताउनुभएको थियो । विद्यार्थीलाई मालिक बन्ने भावनको जागृत गर्न समेत प्राध्यापकहरुलाई अनुरोध गर्नुभएको थियो । तेह्रथुम बहुमुखि क्याम्पसमा देखिएका पूर्वाधारहरुपनि विस्तारै आधुनिक बनाउँदै लैजान र ननक्रेडिट कोर्शहरु समेत सन्चालन गरि आत्मनिर्भरता बढाउन समेत  त्रिभुवन विश्रविद्यालयले आवश्यक सहयोग गर्ने वताउनुभएको थियो ।

कार्यक्रममा आठराई गाँउपालिका अध्यक्ष दिलकुमार पहिमले सामुदायिक स्तरवाट प्रारम्भ भएको जिल्लाको एकमात्रै  पुरानो सरकारी क्याम्पसको रुपमा रहेको तेह्रथुम बहुमुखी क्याम्पस सवैको गौरव र प्रतिष्ठा भएकोले क्याम्पसको सवै प्रकारका विकासका लागि गाँउपालिकाले सिमित स्रोत र साधनको बावजुत पनि सहयोग गर्ने बताउनुभयो । तेह्रथुम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पोष्टराज लामिछानेले क्याम्पसको भौतिक शैक्षिक अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । बि स २०१७ सालमा स्थापना भएको यस क्याम्पसमा  स्नातक तहमा मानविकी संकाय व्यवस्थापन र शिक्षाशान्त्र संकायमा पठनपान  हुदै आएको छ भने मानविकी  संकायमा जनसंख्या अध्यययन विषयमा स्नातकोत्तर तहमा  पठनपाठन हुने गरेको छ। हाल क्याम्पस QAAको प्रक्रियामा रहेको  छ  । उदघाटन कार्यक्रममा आठराई गाँउपालिकाका  उपाध्यक्ष बलिराज ईङनाम, वडा ६ नं. चुहानडाँडाका  अध्यक्ष कृष्णप्रसाद बास्कोटा लगायत राजनितिक पाटीका प्रतिनिधि लगायत समुदायका व्यत्तित्वहरुको उपस्थिति रहको थियो ।