त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशर जङ्ग बराल कोशी प्रदेश अन्तर्गतका त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरुको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ । मिति २०८१।११।१५ देखि २०८१।११।२२ सम्म कोशीमा रहेका त्रिविका आंगिक क्याम्पसहरुको भौतिक, शैक्षिक अवस्था बारेमा क्याम्पसका पदाधिकारी, कर्मचारी एवं विद्यार्थिहरुसँग जानकारी समेत लिनुभएको छ । कोशी प्रदेशको अवलोकन भ्रमणको क्रममा मोरङ स्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगर, विराटनगर नर्सिङ्ग क्याम्पस र डिग्री क्याम्पस साथै सुनसरीको धरान स्थित महेन्द्र बहुमुखी क्याम्पस, पूर्वान्चल इन्जिनियरिङ्ग क्याम्पस र केन्द्रीय प्रविधि क्याम्पस झापामा रहेको गौरादह कृषि क्याम्पस गौरादह र मेची क्याम्पस भद्रपुर साथै त्रिविवाट सम्वन्धन प्राप्त त्रिदेव बहुमुखी क्याम्पसको समेत स्थलगत अवलोकन भ्रमण गर्नुभएको थिये । इलाम रहेको महेन्द्ररत्न क्याम्पस, तेह्रथुम जिल्लाको आठराई स्थित चुहानडाडामा अवस्थित तेह्रथुम बहुमुखी क्याम्पस, धनकुटा जिल्लामा अवस्थित धनकुटा बहुमुखी क्याम्पस र भोजपुरमा रहेको भोजपुर बहुमुखी क्याम्पसका साथै खोटाङ जिल्लामा रहेको सामुदायिक क्याम्पस दिक्तेल बहुमुखी क्याम्पस क्याम्पसहरुको भौतिक संरचनाको अवस्था तथा शैक्षिक कार्यक्रम सञ्चालनके अवस्थाको प्रत्यक्ष जानकारी लिनुका साथै प्रयोगशाला, कक्षाकोठा र पुस्तकालयको अवस्था, प्रयोगको स्थिति समेत निरिक्षण गर्नुभएको थियो ।
त्रिभुवन विश्वविद्यालका आंगिक क्याम्पसहरुका वास्तविक आवश्यकता पहिचान गर्ने, क्याम्पसको दिगो विकास र गुणस्तरका लागि क्षेत्रगत बजेट बिनियोजन गर्ने, सम्भावित नयाँ शैक्षिक कार्यक्रमको सम्भाव्यता अध्ययन गर्ने, उपलब्ध भौतिक स्रोत र साधनको उपयोगिताको पहिचान गर्ने साथै विद्यार्थी,शिक्षक कर्मचारी,अभिभावका साथै स्थानिय जनप्रतिनिधीसँग अन्तरक्रिया गरी कोशी प्रदेशमा अवस्थित त्रिविका क्याम्पसहरुलाई क्याम्पसलाई समयानुकुल र गुणस्तर बनाउने उद्देश्यले तय गरिको भ्रममा उपकुलपति प्राडा बरालले उपलब्ध भएका भौतिक पूर्वाधारको उपयोग समुचित गर्न, पुस्तकालयमा प्रविधीको प्रयोग गर्न, प्रयोगशालालाई थप व्यवस्थित गर्न, भौतिक संरचना बढाउने लहडमा नलाग्न र विद्यार्थीको कठिनाईहरु समाधान गरी गुणस्तरिय शैक्षिक विकासका लागि सकरात्मक भूमिका निर्वाह गर्न क्याम्पस प्रमुखहरुलाई विशेषा निर्देशन गर्नुभएको थियो ।
देशको सामाजिक राजनितक परिस्थित, रोजगारी र सुविधासम्पन्न क्षेत्रमा बढेको आकर्षणले तिव्र बसाइसराईका कारण पूवी पहाडी जिल्लाहरुमा विद्याथीहरुको संख्या घटदै गइरहेको अवस्थामा ग्रामिण क्षेत्रमा रोजगारी सिर्जना गर्ने र रैथाने ज्ञानलाई आधुनिकिकरण गरी उद्यमशिलता बढाउने शैक्षिक कार्यमहरु तय गर्ने काम प्रारम्भ गर्न समेत अनुरोध गर्नुभएको छ । उच्चशिक्षालाई रोजगारी र उद्यमशिलतासँग जोडनै पर्ने भएकोले त्यसका लागि स्थानिय तहसँग उपयुक्त समन्वय गरी शैक्षिक कार्यक्रम सन्चालन गर्न समेत अनुरोध गर्नुभएको थियो । उपकुलपतिले भ्रमणको क्रममा इलामको महेन्दरत्न बहुमुखी क्याम्पस र तेह्रथुम बहुमुखी क्याम्पसको शिक्षण भवनको समेत उदघाटन गर्नुभएको थियो । शिक्षक तथा कर्मचारीहरुसँग सात्क्षातकार गर्नुहुँदै उपकुलपति प्राडा बरालले त्रिवि सेवा आयोगमा समयमा पदाधिकारीहरु नियुक्त नहुनु, सेवा आयोगको विश्वसनियतामा प्रश्न उठनु र विभिन्न विज्ञापनहरुमा मुद्दा हाल्ने प्रवृत्तिले समेत गर्दा शिक्षक कर्मचारी लामो समय सम्म आंशिक र करारमा रहनुपरेकोले योग्य र सक्षम शिक्षक कर्मचारी समेत मर्कमा परेको विषयलाई गम्भिरतापूर्वक लिई त्रिवि सेवा आयोगलाई निरन्तरता दिने बताउनुभयो ।