उपकुलपति प्राडा केशरजङ्ग बरालद्धारा पू्र्वाञ्चल क्याम्पस धरानको स्थलगत अवलाेकन ।

उपकुलपति प्राडा केशरजङ्ग बरालद्धारा पू्र्वाञ्चल क्याम्पस धरानको स्थलगत अवलाेकन ।

2025-03-01

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले मिति २०८१ साल चैत्र १७ गते सुनसरीको धरानमा अवस्थित इन्जिनियिरिङ अध्ययन संस्थान, पूर्वाञ्चल क्याम्पसको स्थलगत अवलोकन गर्नुभएको छ। उक्त अवलोकनका क्रममा उपकुलपति प्राडा बरालले क्याम्पसको समग्र अवस्थाको बारेमा जानकारी लिनुभएको छ।

स्थलगत भ्रमणका क्रम उपकुलपतिले क्याम्पसको भौतिक संरचना, शैक्षिक गुणस्तर, कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयको अवलोकन गर्नुका साथै  क्याम्पस प्रमुख काजीराम कार्कीसँग क्याम्पसको वर्तमान अवस्था, चुनौती र सम्भावनाहरूबारे विस्तृत जानकारी  लिनुका साथै क्याम्पसका  शिक्षक,कर्मचारी तथा विद्यार्थीहरुसँग सात्क्षातकार समेत गर्नुभएको थियाे । काेशी प्रदेशका त्रिविका आ‌गिक क्याम्पसहरुको भ्रमणको क्रममा उपकुलपति प्राडा बरालले उक्त क्याम्पसको भ्रमण गर्नुभएको हो । 

उपकुलपति प्राडा बरालले क्याम्पसको शैक्षिक तथा भौतिक विकासमा त्रिभुवन विश्वविद्यालयको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको भएको छ भने भ्रमणले पूर्वाञ्चल क्याम्पसको भाैतिक तथा शैक्षिक उन्नयनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।