डा गोविन्द रिजाल प्राज्ञिक कोष स्थापना

डा गोविन्द रिजाल प्राज्ञिक कोष स्थापना

2025-02-21

त्रिभुवन विश्वविद्यालय कृषी र पशुविज्ञान अध्यन संस्थानमा प्राध्यापनरत रहँदै सडक दुर्घटनाबाट दिवंगत हुनुभएका स्वर्गीय डा॰गोविन्द रिजालकी धर्मपत्नी डा शान्ता कार्कीले   डा गोविन्द रिजाल प्राज्ञिक कोष निर्माण गरी रु १०,२५००० (अक्षेरुपी रु दश लाख पच्चिस हजार) स्मृतिकोषलाई हस्तान्तरण गर्नु भएको । उक्त स्मृतिकोषवाट त्रिवि कृषि र पशुविज्ञान अध्ययन संस्थान अन्तर्गत संचालित कृषी स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अंक ल्याई उत्तिर्णहुने १ जना विद्यार्थीलाई डा गोविन्द रिजाल प्राज्ञिक उत्कृष्ट पदक  प्रदान गरिने छ ।

२०८१।११।०९ गते त्रि.वि उपकुलपतिको कार्यालय कीर्तिपुरमा आयोजित डा गोविन्द रिजाल प्राज्ञिक कोष स्थापना गर्ने कार्यक्रममा  त्रिभुवन विश्वविद्यालयका तर्फवाट रजिष्ट्रार प्रा.डा केदार प्रसाद रिजाल र स्वर्गीय डा गोविन्द रिजालकी धर्मपत्नी डा शान्ता कार्कीले  दानदातव्य कोषमा योगदान तथा कोष परिचालन सम्वन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । कार्यक्रमलाई संक्षिप्त सम्वोधन गर्नुहुँदै रजिष्ट्रार प्रा.डा केदारप्रसाद रिजालले दिवंगत डा गोविन्द रिजालको स्मृतीमा स्थापित कोषको अधिकतम सदुपयोग गर्ने बताउँदै परिवारजनले विश्वविद्यालयलाई देखाएको विश्वास र स्नेहप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा त्रिवि उपकुलपति प्राडा केशरजङ्ग बराल, शिक्षाध्यक्ष प्राडा खडग के॰सी, कृषी र पशुविज्ञान अध्ययन संस्थानका डीन प्राडा किशोरचन्द्र दाहाल,त्रिवि योजना निर्देशनालयका निर्देशक डा लक्ष्मीकान्त शर्मा लगायतको उपस्थिति रहेको थियो ।