जापानी राजदुतसँगको शिष्टाचार भेटघाट

जापानी राजदुतसँगको शिष्टाचार भेटघाट

2025-02-10

नेपालका लागी जापानका राजदुत MAEDA Toru मेइडा टोरुले त्रिभुवन विश्वविद्यालको भ्रमण गर्नुभएको छ ।भ्रमणको क्रममा राजदुत MAEDA Toru ले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरु समक्ष उपकुलपति कार्यालय कीर्तिपुरमा शिष्टाचार भेटघाट गर्नुभएको हो । शिष्टाचार भेटघाटमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालले जापान सरकारबाट प्राप्तभइरहेको सहयोग प्रति आभार व्यक्त गर्नुहँदै चिकित्साशास्त्र,इन्जिनिरयरिङ्ग र विज्ञान प्रविधिको क्षेत्रमा थप सहयोगकाो अपेक्षा गर्दै राजदुत मार्फत जापान सरकारलाई उच्च शिक्षाको क्षेत्रलाई समेत प्राथिमकता दिन अनुराेध गर्नुभएको थियो । साथै राजदुत Toru ले जापान सरकारले नेपाललाई सधै प्राथिमकतामा राखिरहेको र आगामी दिनमा समेत नेपाल जापान विचको मित्रतापूर्ण सम्वन्ध प्रगाढ रहिरहने विचार व्यक्त गर्नुभएको थियो । उहाँले उच्चशिक्षामा सहकार्य अघि बढाउन आवश्यक समन्वय गर्ने समेत बताउनुभएको थियो । भेटघाटमा उच्चशिक्षामा सहयोग अभिवृद्धि, संयुक्त अनुसन्धान परियोजना सञ्चालन, आर्थिक सहयोग, द्धिपक्षिय व्यापार र आन्तरिक उत्पादनलाई बढाउने लगायतका विषयमा छलफल भएको थियो ।भेटघाटमा शिक्षाध्यक्ष प्राडा खडग के.सी, रजिष्ट्रार प्राडा केदार प्रसाद रिजाल एवम् अन्तर्राष्ट्रीय सम्वन्ध केन्द्रका कार्यकारी निर्देशक विनोद जोशी लगायतको उपस्थिति रहेको थियो ।