त्रिभुवन विश्वविद्यालय दीक्षान्त भाषणहरुको संग्रह (२०७५ -२०८१) प्रकाशन

त्रिभुवन विश्वविद्यालय दीक्षान्त भाषणहरुको संग्रह (२०७५ -२०८१) प्रकाशन

2025-02-09

त्रिभुवन विश्वविद्यालय सूचना तथा जनसम्पर्क महाशाखाले "त्रिभुवन विश्वविद्यालय दीक्षान्त भाषणहरुको संग्रह २०७५ -२०८१" प्रकाशनमा ल्याएको छ । २०७५ सालयता विभिन्न मिति र समयमा भएका दीक्षान्त समारोहमा उपस्थित कुलपति, सहकुलपति, प्रमुख अतिथी र उपकुलपतिको भाषणहरु संग्रहित गरिएको छ । उक्त भाषणहरुको संग्रहको बिमोचन उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले मिति २०८१ माघ २४ मा गर्नुभएको हो । उक्त दीक्षान्त भाषणहरुको संग्रह त्रिवि केन्द्रीय कार्यालय, समान्य प्रशासन महाशाखा अन्तर्गत रहेको स्टोर शाखाबाट उपलब्ध हुने ब्यवस्था रहेको छ ।

त्रिविका रजिष्ट्रार प्रा.डा. केदार प्रसाद रिजाल संरक्षक रहनुभएको सम्पादन मण्डलमा संयोजक नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा. कृष्णप्रसाद न्यौपाने र सदस्यहरुमा प्रा.डा. जीवलाल सापकोटा, प्रा.डा. बलराम प्रसाईं, कुमार प्रसाद हुमागाईं, कमल घिमिरे साथै सदस्य सचिवमा सूचना तथा जनसम्पर्क महाशाखाका निवर्तमान प्रमुख भिमबहादुर श्रेष्ठ रहनुभएको थियो ।