त्रिवि र सिचुआन विश्वविद्यालयको संयुक्त आयोजनामा "फेवा संवाद २०२४"

त्रिवि र सिचुआन विश्वविद्यालयको संयुक्त आयोजनामा "फेवा संवाद २०२४"

2024-12-21

त्रिभुवन विश्वविद्यालय र चीनको सिचुआन विश्वविद्यालयको संयुक्त आयोजनामा मुलुकको पर्यटकीय राजधानी पोखरामा "फेवा संवाद २०२४" शीर्षकको अन्तराष्ट्रीय सम्मेलन अयोजना गरीएको छ ।

दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकहरुको सहकार्यलाई थप प्रगाढ बनाउने, अन्तरआवद्धता लाई अवसरमा रुपान्तरण गर्ने, आर्थिक सम्मृद्धी र दिगो विकास साथै  प्रविधि र विकासको साझेदारी र अभिवृद्धि गर्ने उदेश्यले पहिलो पटक आयोजना गरिएको फेवा संवाद मार्फत विश्वका प्रभावशाली मुलुकसँग सहकार्य गरी मुलुकको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ

सम्मेलनमा चिनका ३०, नेपालबाट २० भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशबाट ३÷३ जना साथै भुटान, मलेसिया, सिंगापुर र इण्डोनेसिया लगायतका मुलुकबाट आर्थिक,सामजिक र प्राविधिक क्षेत्रका विज्ञहरुको सहभागिता रहेको छ । सम्माननिय पूर्वराष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीद्धारा उद्घाटन हुने सम्मेलनमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई,  त्रिविका उपकुलपति प्राडा केशरजंग बराल, शिक्षाध्यक्ष खडग केसी, रजिष्ट्रार प्राडा केदारप्रसाद रिजाल, पूर्वमन्त्रीहरु कमल थापा, डा.युवराज खतिवडा, प्रदिपकुमार ज्ञवाली, डा.प्रकाशशरण महत लगायत प्रतिष्ठित राजनीतिज्ञहरु, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डा.दिपेन्द्र बहादुर क्षेत्री, प्रा.डा.गोविन्दराज पोखरेल, डा. विश्व पौडेल, नेपालका लागि चीनका राजदुत,पूर्वराजदुतहरु, विश्वविद्यालयका प्राध्यापकहरुलगायतका विज्ञहरुको उत्साहपूर्वक सहभागिता रहेको छ ।