चीनका शैक्षिक संस्थानहरूसँग त्रिविको सहकार्य

चीनका शैक्षिक संस्थानहरूसँग त्रिविको सहकार्य

2024-11-20

त्रिभुवन विश्वविद्यलायमा सञ्चालित कन्फ्युसियस इन्स्टिच्यूटको अध्ययन अध्यापन प्रभावकारी बनाइने

त्रिभुवन विश्वविद्यालयमा स्थापित कन्फ्युसियस इन्स्टिच्यूटको पठनपाठन कार्यलाई अझ प्रभावकारी रुपममा सञ्चालनमा ल्याइने भएको छ। चीनको सियाङ्सी प्रान्तको नान्छाङ स्थित East China University of Technology (ECUT) Qinghai Minzhu University (QMU) द्वारा संयुक्त सञ्चानलमा रहेको त्रिभुवन विश्वविद्यालय कन्फयुसियस इन्स्टिच्यूट (CI@TU) लाई वर्तमान परिस्थिति अनुकुल सशक्त ढंगले अगाडी बढाउन समझदारी पत्र नविकरण तथा अन्य केही प्रशासनिक र प्राविधिक गतिविधि सरलिकरण गर्नको लागि सहमती गरिएको हो।

बदलिंदो परिस्थितिमा चीन र नेपालवीचको सम्बन्धलाई अझ प्रगाढ पार्न दुबै देशका भाषा, संस्कृति तथा शैक्षिक गतिविधिहरू एक आपसमा आदान-प्रदान गर्नु अति महत्वपूर्ण छ,” समझदारी पत्र नविकरणको लागि आयोजित कार्यक्रममा त्रिविका उपकुलपति प्रा.डा. केशर जङ्ग बरालले भन्नुभयो। त्रिविमा संचालित कन्फ्युसियस इन्स्टिच्यूटको अध्ययन अध्यापनवाट यस्तो खालको अभाव पूर्ति गर्नेछ भन्ने विश्वास हामीले लिएका छौं। सो अबसरमा उपकुलपति बराललाई उक्त विश्वविद्यालयले मानार्थ प्राध्यापक पदबाट बिभुषण पनि गरेको थियो। उक्त कार्यक्रममा करीब साठी-सत्तरीजना विद्यार्थी/प्राध्यापकसँगै विश्वविद्यालयका अन्य डिन तथा निर्देशकहरूका बीच Financing Higher Education in Nepal विषयमा एक कक्षासमेत लिनुभएको थियो।

सहमती पत्रमा हस्ताक्षर पश्चात आयोजित अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै ECUT का उपाध्यक्ष Deng Juzhi ले नेपालकै प्रतिष्ठित विश्वविद्यालयका उपकुलपति तथा अन्य प्रतिनिधिहरूलाई स्वागत गर्न तथा यसरी साक्षात्कार हुन पाउंदा अत्यन्त खुशि लागेको बताउनु भयो । देश र विदेशमा शैक्षिक योगदान गर्न सफल त्रिविका उपकुलपतिज्यूलाई विश्वविद्यालयको मानार्थ प्राध्यापक पदबाट बिभुषण गर्न पाउंदा हामीलाई गर्वान्वित भएको छ, ”  वहाँले भन्नुभयो।

चीनका राष्ट्रपति शी चीनफिङको सन् २०१९ को नेपालको राजकीय भ्रमणको समयमा भएको सहमती Agreement between Tribhuvan University of Nepal and Confucious Institute Headquarters of China on the Establishment of Confucious Institute at Tribhuvan University अनुसार त्रिविमा कन्फ्युसियस इन्स्टिच्यूट स्थापना भई सञ्चालनमा आएको हो ।

सन् २०१७-१८ मा प्रा.डा. केशर जङ्ग बराल करीब एक वर्षसम्म प्राध्यापन गराउनुभएको Jianxy प्रदेशकै Xinyu University संग मिति २०८१ कार्तिक २८ गते अध्यक्ष  Xu Zhonglin को उपस्थितिमा २०१३ को MoU नविकरण सम्पन्न भएको थियो। पुराना सहपाठीहरू बीच खुशि साटासाट गर्दै उपकुलपतिज्यूले उक्त इन्जिनियरिङ्गमा अब्बल विश्वविद्यालयसँग शैक्षिक सहकार्यका लागि सहमित पत्रमा हस्ताक्षर गर्न पाउंदा रोमाञ्चक अनुभव भएको बताउनु भयो।  सो विश्वविद्यालयका अध्यक्ष ले पनि नेपाल जस्तो सुन्दर देशमा अवस्थित विश्वविद्यालयसँग सम्बन्ध प्रगाढ बनाउन पाउंदा अन्यन्त हर्षित भएको बताउंदै आफ्नो भनाईमा उपकुलपतिज्यूले त्यस विश्वविद्यालयमा अतिथि विद्वानको रूपमा काम गर्नुभएको सुनाउंदै विशेष रुपमा व्यवस्थापन विषयमा नियुक्त वहाँको दृढ व्यावसायिक आधार, उत्कृष्ट शिक्षण मनोभाव, र मानिसहरूसँगको व्यवहारको कारण अन्तर्राष्ट्रिय र चिनियाँ शिक्षक तथा विद्यार्थीहरूबाट सर्वसम्मत प्रशंसनीय टिप्पणी प्राप्त गर्नुभएको बताउनु भयो।आउंदा दिनहरूमा दुईपक्षीय शैक्षिक उन्नयनका लागि शिक्षक, विद्यार्थी, विज्ञहरू बीच शैक्षिक क्रियाकलाप आदानप्रदान कार्यक्रमहरू गर्दे जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। सो कार्यक्रममा सिन्यू विश्वविद्यालयका अध्यक्ष, उपाध्यक्ष, निर्देशक र अन्य अधिकृतहरूको उपस्थिति थियो भने यी दुबै विश्वविद्यालयको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. केशर जङ्ग बराल लगायत विनोद जोशी, कार्यकारी निर्देशक अन्तर्राष्टिय सम्बन्ध केन्द्र, डा. बलराम दुवाल निमित्त निर्देशक, कन्फ्युसियस इन्ष्टिच्यूट, डा. अवतार सुवेदी, विभाग प्रमुख, गणित शिक्षा विभाग, राजमान महर्जन, शाखा अधिकृतको उपस्थिति रहेको थियो ।

त्रिविका भ्रमण दल जनवादी गणतन्त्र चीनको राजधानी बेइजिङ्गमा Nov 15-17 सम्म भएको World Chinese Language Conference 2024 मा पनि सहभागी भएको थियो । त्रिभुवन विश्वविद्यालयमा स्थापित कन्फ्युसियस इन्ष्टिच्यूटको प्रतिनिधिका रुपमा करीब चारहजार भन्दा बढी सहभागीहरू बीच आफ्नो उपस्थिति जनाउनु भएको थियो। यसै दौरान अत्यन्तै महत्त्वपूर्ण चीनको प्राकृतिक विज्ञानको उच्चतम् शैक्षिक संस्था र चीन विकासको उद्‍गमथलो तथा एक प्रतिष्ठित विचार मञ्ज (Think Tank) को रुपमा परिचित Chinese Academy of Sciences (CAS) सँगको सहकार्य स्वरुप MoU नविकरण भएको थियो जसले त्रिविलाई सहकार्यात्मक अनुसन्धान, प्राध्यापक/विद्यार्थी आदान-प्रदान, वैज्ञानिक तथा शैक्षिक चुनौतीहरू समाधान गर्दै राष्ट्र विकासमा योगदान पुर्‍याउने उद्देश्य बोकेको छ । यसै बीच CAS अन्तर्गतकै Institute of Tibetan Plateau Reseach (ITPCAS) र त्रिविमा स्थापित Kathmandu Centre for Reasearcha and Education (KCRE) बारे पनि दुईपक्षीय अन्तरक्रियात्मक छलफल सम्पन्न भएको थियो जहाँ CAS का उच्च पदाधिकारीहरूसँगै त्रिविबाट जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्रमुख प्रा.डा. दिपक अर्याल, डा. विनोद दवाडी, डा. सुनिल आचार्य र सम्वाददाता कृष्ण बस्ताकोटीको रुपमा थप प्रतिनिधिहरू पनि सहभागी हुनु भएको थियो। यससँगै युवा विद्यार्थीहरूलाई छात्रवृत्तिदेखि त्रिविका विभिन्न विभागहरूमा जनजीवन सुधारका परियोजनाहरूमा साथ दिंदै आइरहेको Alliance of International Science Organizations (ANSO)  सँगका सहकार्यका योजनाहरू बारे सो संस्थाका उपकार्यकारी निर्देशक Dr Ahang Shizhuan र केही कार्यालय अधिकृतहरूसँग सचिवालय बैठक बसेको थियो । भ्रमणकै सिलसिलामा विश्वविद्यालय र चीनका शैक्षिक संस्थाहरूबीच के कसरी काम कारवाहीहरू भइरहेका छन र के कसरी भविष्यमा चीनसँगको शैक्षिक सहकार्य अगाडी बढाउने सम्बन्धमा बेइजिङ्ग स्थित नेपाली राजदुतावासमा Counsellor को रुपमा कार्यरत सविता नकर्मी र उपकुलपतिज्यू बीच संक्षिप्त कुराकानी भएको थियो। यो भ्रमण तथा चिनियाँ विश्वविद्यालयहरूसँगको सहकार्यात्मक बैठक र MoU सम्झौताले नेपालको शैक्षिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने, विद्यार्थी र अनुसन्धानकर्ताहरूका लागि नयाँ अवसरहरूको ढोका खोल्ने मात्र नभई दुई देशबीचको सम्बन्धलाई पनि प्रगाढ बनाउने काम गर्दछ