त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्वन्धी विनियम २०८१ बमोजिम रिक्त भएका एवम् भविष्यमा रिक्त हुने विभिन्न अध्ययन संस्थानका डीनहरु, शिक्षा विकास तथा अनुसन्धान केन्द्र(सेरिड) को कार्यकारी निर्देशक, योजना निर्देशनालयका निर्देशक, विभिन्न आंगिक क्याम्पसका क्याम्पसप्रमुखहरु एवम् परीक्षा सहनियन्त्रक र कार्यक्रम संयोजक ÷विभाग प्रमुख पदमा योग्य उम्मेदवारहरुले आवश्यक कागजातहरु सूचनामा उल्लेखित इमेलका साथै हार्डकपीहरु समेत बुझाउनुहुन अनुरोध छ ।
| क्र.स | आवेदन गरिएका पदहरु | हार्डकपी बझाउनुपर्ने निकाय |
| 1 | अध्ययन संस्थान तथा संकायका डीन | उपकुलपतिको कार्यालय,कीर्तिपुर |
| 2 | क्याम्पस प्रमुख | शिक्षाध्यक्षको कार्यालय, कीर्तिपुर |
| 3 | सहपरीक्षा नियन्त्रकहरु | रजिष्ट्रारको कार्यालय,कीर्तिपुर |
| 4 | कार्यक्रम संयोजक÷विभाग प्रमुख | विश्वविद्यालय क्याम्पस (प्रिन्सिपलको कार्यालय),कीर्तिपुर |