त्रिविमा क्याम्व्रीज युनिभर्सिटी प्रेससँग अन्तरक्रिया
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तालय र क्याम्व्रीज युनिभर्सिटी प्रेस इण्डियाको संयुक्त आयोजनामा विभिन्न विधाका पुस्तकहरु र अनुसन्धान लेखहरुको गुणस्तरीय प्रकाशन सम्वन्धमा २०८१ साउन ७ गते अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कीर्तिपुर स्थिति केन्द्रीय पुस्तकालयमा आयोजित अन्र्तक्रिया कार्यक्रममा क्याम्व्रीज युनिभर्सिटी प्रेस इण्डिया मार्फत गुणस्तरीय पुस्तक छपाउने प्रक्रिया, पुस्तक प्रकाशनका पूर्व तयारीका विविध पक्षहरु साथै प्रकाशनमा क्याम्व्रीज युनिभर्सिटी प्रेस मार्फत प्राप्त हुनसक्ने सहयोग,सुविधा र त्यसको गुणस्तरीयताका बारेमा छलफल भएको थियो । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा विनिल अर्यालले कार्यक्रममा उपस्थित अतिथि एवम् सहभागिहरुलाई त्रिभुवन विश्वविद्यालयले अनुसन्धान र प्रकाशनका क्षेत्रमा प्राप्त गरेको उपलब्धीका बारेमा संक्षिप्त जानकारी गराउनु भएको थियो । उहाँले त्रिभुवन विश्वविद्यालय देशकै सबैभन्दा वढि अनुसन्धान गर्ने विश्वविद्यालयको रुपमा सक्रिय रहेको बर्षेनी १ हजार भन्दा बढी अनुसन्धान लेखहरु प्रकाशित भइरहेको र नेपाली अनुसन्धानकर्मीहरुमा अनुसन्धनात्मक र वैज्ञानिक लेखहरु प्रकाशन गर्ने क्षमतामा उल्लेखनिय बृद्धिभईरहेको तथ्यवारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा क्याम्व्रीज युनिभर्सिटी प्रेस इण्डियाका क्षेत्रिय व्यवस्थापक गिरिजेश कुमार तिवारीले सन् १५३४ मा स्थापना भई प्रकाशनको क्षेत्रमा अब्बल ऐतिहासिक संस्थाको रुपमा परिचित क्याम्व्रीज युनिभर्सिटी प्रेसका बारेमा जानकारी गराउनु भएको थियो भने क्याम्व्रीज युनिभर्सिटी प्रेस इण्डियामा कार्यरत सहायक सम्पादकहरु द्धय विकास कुमार तिवारी र अन्वेषा रानाले प्रकाशनका प्राविधिक एवम् व्यवस्थापकीय पक्षहरुका बारेमा अवगत गराउनु भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता त्रि.वि केन्द्रीय पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले गर्नुभएको थियो ।