Highlights

त्रिवि एलुम्नाई एशोसियशनको बार्षिक साधारण सभा सम्पन्न । 

त्रिवि एलुम्नाई एशोसियशनको बार्षिक साधारण सभा सम्पन्न । 

2024-08-16

त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएशनको पाँचौ बार्षिक साधारण सभा  शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति विद्या भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
त्रिवि स्मृति भवन कीर्तिपुरमा आयोजित बार्षिक साधारण सभाले देशको विभिन्न क्षेत्रमा योगदान गर्नुहुने एलुम्नाईहरु पूर्वउपकुलपतिहरु केदारभक्त माथेमा र प्रा.डा तीर्थराज खनिया,स्वास्थ्य क्षेत्रमा योगदान गर्नुहुने प्रा.डा भगवान कोइराला,पूर्वप्रहरी महानिरिक्षक धु्रवबहादुर प्रधान, पर्यटन व्यवसायी कर्ण शाक्य, शिक्षा क्षेत्रमा योगदान पुुयाउनुहुने उमेश श्रेष्ठ,गैर आवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो,बैंक तथा वित्तिय संस्था परिसंघ नेपालका अध्यक्ष  उपेन्द्र पौडेल, साल्ट टे«डिङ लिमिटेडका महप्रवन्धक उर्मिला श्रेष्ठ,कलाकारिता क्षेत्रमा योगदान गर्नुहुने यादव खरेल, र प्रधामन्त्रीका आर्थिक सल्लाहाकार,अर्थविदे युवराज खतिवडालाई सम्मान गरेको छ । बार्षिक साधारण सभालाई उद्घाटन पश्चात सम्बोधन गर्नुहुँदै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालय नेपालको सन्र्दभमा  उच्चशिक्षाको पर्यायको रुपमा रहेको र हालसम्म उच्चशिक्षाको सबैभन्दा बढि दायित्व बोकिरहेकोले त्रिविको  सुधार विना उच्चशिक्षाको सुधार नहुने धारणा व्यक्त गर्नुभयो । मुलुकको लागि दक्ष जनशक्ति उपलब्ध गराइरहेको त्रिविको सुधार र स्तरोन्नतीका लागि एलुम्नाई एशोसियशनले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । युवामा विदेश प्रतिको मोह बढ्नुमा विश्वविद्यालयहरु मात्रै नभएर देशको सामाजिक,आर्थिक र राजनीतिक परिस्थिति निर्णायक रहेको भन्दै त्रिविलाई दलियकरण  गर्नु नहुने विचार व्यक्त गर्नुभएको थियो। 
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा खड्ग के.सीले विश्वविद्यालयहरु देशको आर्थिक,सामाजिक र सांस्कृतिक परिस्थितिको उपज रहेकोले उपलब्ध स्रोत साधन र जनशक्तिहरुलाई समुचित प्रयोग गरी अधिकतम परिणम हासिल गर्न लागि परेको  धारणा व्यक्त गर्नुभएको थियो । विश्वविद्यालयहरुमा देशको राजनीतिक प्रणाली र सामाजिक सांस्कृतिको चेतना प्रतिविम्वित हुने भएकोले पूर्णतय राजनीति मुुक्त गर्न असम्भव प्राय हुने  भएपनि आफूहरुले  दलियकरण र भागवण्डालाई अन्त्य गरी योग्यताप्रणाली अनुरुप जिम्मेवारी दिने बताउनुभएको थियो ।  
त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदार भक्त माथेमाले त्रिभुवन विश्वविद्यालयलाई कसरी दलिय राजनीतिकरणबाट मुक्त गराउने विषयमा धारणा व्यक्त गर्नुभएको थियो । उहाँले त्रिविको उपकुलपति रहँदा विश्वविद्यालका विभिन्न निकायहरुलाई भागवण्डाको अन्त्य गरी दक्ष प्राध्यापकहरुलाई नियुक्ती गरेको स्मरण गर्दै विश्वविद्यालयमा आलोचनात्मक क्षमता भएका प्राध्यापकहरुलाई प्रोत्साहित गर्न सुझाव दिनुभएको थियो । बार्षिक साधारण सभामा त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसियशनका अध्यक्ष प्रदीप कुुमार श्रेष्ठले देश र विदेशमा समेत ख्यातिप्राप्त त्रिभुवन विश्वविद्यालयलाई गुणस्तर बनाई  उच्चशिक्षाका लागि विदेश पलायन हुनुपर्ने परिस्थितिको अन्त्य गनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो  । उच्चशिक्षाको धेरै मुलुकहरुको अर्थतन्त्रको आधारस्तम्भ भएकोले नेपाललाई उच्चशिक्षाको अन्तराष्ट्रिय आर्कषणको केन्द्र बनाउन सम्पूर्ण एलुम्नाईका सदस्यहरु एक हुनुपर्ने बताउनुभएको थियो । 
कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार एवम् अर्थविद् युवराज खतिवडाले त्रिभुवन विश्वविद्याल मुलुकको प्राथमिकतामा रहेको, त्रिविमा अध्ययन गरेर आफूले अन्तराष्ट्रिय क्षेत्रमा काम गर्ने अवसर प्राप्त गरेको बताउनुभएको थियो । त्रिभुवन विश्वविद्यालयको शैक्षिक स्तर उकास्न र स्वायत्ततालाई बाढावा दिन वित्तिय स्वाभलम्वनलाई पनि ध्यान दिन अनुरोध गर्नुभएको थियो ।