त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, प्राकृतिक विज्ञान संग्रहालयको स्वर्णजयन्ती समारोह त्रिभुुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरजङ्ग बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
स्वयम्भू स्थित प्राकृतिक विज्ञान संग्रहालयमा आयोजित स्वर्णजयन्ती समारोहलाई सम्बोधन गर्नुुहुुँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरजङ्ग बरालले प्राकृतिक विज्ञान संग्रहालयलाई आन्तरिक तथा बाह्य पयर्टन र अनुसन्धानको केन्द्र बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । मुलुुककै महत्वपूर्ण सम्पदाको रुपमा रहेको संग्रहालयको सम्पत्ति,व्यवस्थापन र दिगो विकासका लागि सरकारसँग समन्वय गर्नुपर्र्नेे, एकिकृत योजना निर्माण गरेर विकास गर्नुपर्ने र अर्थोपार्जनको दृष्टिकोणबाट पनि रणनीतिक योजना निर्माण गर्नुपर्ने बताउनुभएको थियो ।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा अजय भट्टराईले प्राकृतिक विज्ञान संग्रहालयले अध्ययन र अनुसन्धानमा तादम्यता ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । यसैगरी प्राकृतिक विज्ञान संग्रहालयका प्रमुख डा. गणेश बहादुर थापाले संग्रहालयले विभिन्न वन्यजन्तुहरुको अवशेषको संकलन, प्रदर्शन र प्रचारप्रसार गर्ने काम गरिरहेको बताउनुभयो । २१ रोपनी १ आना जग्गामा फैलिएको संग्रहालयको जग्गा नेपाल सरकारको नाममा रहेकोले तत्काल त्रिभुवन विश्वविद्यालयको नाममा ल्याउन आवश्यक पहल गरिदिनुहुन उपकुलपति समक्ष अनुरोध गर्नुभएको थियो । स्वर्णजयन्ती समारोहमा विश्व वन्युजन्तुकोष नेपालका प्रमुख डा. घनश्याम गुरुङ, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका महादिर्नेशक डा.सिन्धुप्रसाद ढुंगाना, वातावरण विज्ञान केन्द्रीय विभागका पूर्व विभागिय प्रमुख प्रा.डा छत्रमणी शर्मा,प्राकृतिक विज्ञान संग्रहालयका पुर्व प्रमुख केशव श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । स्वर्णजयन्ती समारोहमा प्राकृतिक विज्ञान संग्रहालयमा कार्यरत सहप्राध्यापक डा. ईशान गौतमले बन्यजन्तु र बनस्पतिको लोपोन्मुख प्रजातिहरुको अन्तराष्ट्रिय व्यापारसम्वन्धी महासन्धि (साइटिस) सम्वन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।