त्रिभुवन विश्वविद्यालय नेपाल र दक्षिण एसियाली अनुसन्धान केन्द्र(सिनास)को ५३ औं बार्षिक दिवसको अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सार्वजनिक सम्वोधनहरुको संग्रह प्रकाशित गरेको छ ।
पूर्वराष्टपति विद्यादेवी भण्डारीले विभिन्न सार्वजनिक कार्यक्रमहरुमा गर्नुभएको सम्बोधनको संग्रहको विमोचन त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरजङ्ग बराल,काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापा, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा.डा शिलु मानन्धर र त्रिवि सेवा आयोगका अध्यक्ष प्रा.डा घनश्याम भट्टराईले संयुक्त रुपमा गर्नुभएको हो । उक्त अवसरमा पूर्वराष्ट्रपति भण्डारीले सिनासले प्रारम्भ गरेको मौलिक अनुसन्धान र विर्मश “हिमवत सम्वाद”को समेत उद्घाटन गर्नुभएको थियो ।
बार्षिक दिवसको अवसरमा अयोजित उक्त कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुककै प्रतिष्ठित एवम् ऐतिहासिक अनुसन्धान केन्द्र सिनासले आफ्नो सार्वजनिक सम्बोधनहरुको सगं्रह प्रकाशित गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । उच्चशिक्षाको अधिकतम जिम्मेवारी निर्वाह गरिरहेको ठूलो र जेठो विश्वविद्यालयको नाताले त्रिभुवन विश्वविद्यालयलाई दक्षजनशक्ति निर्माण गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको र सरकारले उचित स्रोत र साधन उपलब्ध गराएर त्रिविलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । मुलुकको दीर्घकालिन विकासको महत्वपूर्ण आधारस्तम्भ देशको शिक्षा प्रणाली भएको उच्चशिक्षालाई अनुसन्धानमुलक बनाई त्रिविका ४ वटा अनुसन्धानकेन्द्रहरुको गौरवशाली इतिहास फिर्ता ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । बार्षिक दिवस कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरजङ्ग बरालले त्रिभुवन विश्वविद्यालयका आफ्ना विद्यार्थीहरु राष्ट्रका उच्चतम पदमा पदासिन हुँदा शिक्षकहरुलाई बढि आत्मसन्तुष्टि मिल्ने बताउनुहुँदै पूर्वराष्ट्र विद्यादेवी भण्डारीसँग विद्यार्थीकालमा भएको क्रियाकलापहरुको समेत स्मरण गर्नुभएको थियो । सिनासका लागि मुलुकका कला,संस्कृति,समाज र राजनीति लगायतका अनुसन्धानका प्रशस्त क्षेत्रहरु विद्यमान रहेकोले अब्बल अनुसन्धानमार्फत संस्थागत आत्मनिर्भरता बढाउन समेत अनुरोध गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालय मुलुक विकास गर्ने जनशक्ति निर्माणको महत्वपूर्ण केन्द्र भएकोले यसको सगम्र विकासका लागि प्राज्ञिक तथा प्रशासनिक स्वायत्तताको कार्यान्वयन गर्न राजनीतिक स्तरको पहलकदमी लिइदिनुहुन पूर्वराष्ट्रपति भण्डारीलाई आग्रह गर्नुभएको थियो । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सार्वजनिक सम्वोधनमा शिक्षा र उच्चशिक्षामा ऐतिहासिक सम्वोधन मार्फत महत्वपूर्ण प्राथमिकता प्राप्त गरेको बताउनुभयो । उहाँले पूर्वराष्ट्रपति भण्डारीको सार्वजनिक सम्वोधनको कार्यान्वयको अवस्थाका बारेमा उच्चशिक्षा प्रदायक निकायहरुले अनुसन्धानगर्नु पर्ने धारणा समेत व्यक्त गर्नुभएको थियो ।
नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा.डा शिलु मानन्धरले मुलुकको एक सचेत महिला नेतृ मुलुककै सर्वोच्च पदमा २ कार्यकाल सम्म अभिभावकिय जिम्मेवारीमा रही कुशलतापुर्वक कार्यभार सम्पन्न गर्नुभएकोमा सवै महिलाहरुको इज्जत र प्रतिष्ठा बढाएको बताउनुभयो । उहाँका सार्वजनिक सम्वोधनहरु र व्यक्तित्ववाट आगामी पुस्ताहरुका लागि एक अनुकरणीय पाठ भएको धारण समेत व्यक्त गर्नुभएको थियो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा घनश्याम भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सार्वजनिक सम्वोधन ऐतिहासिक दस्तावेज भएको र सार्वजनिक सम्वोधनमा उल्लेख विषय र क्षेत्रले समाज,राष्ट्रिय राजनीति, धर्म संस्कृति लगायत विविध पक्षहरुलाई प्रतिविम्वित गर्नेहुुँदा राष्ट्रिय अभिलेखको रुपमा संग्रहित गर्नुपर्ने बताउनुभएको थियो ।
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा खड्ग के.सीले त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्रहरुको ऐतिहासिक गौरवलाई फिर्ता गराउन महत्वपूर्ण प्रयास गर्ने बताउनुभएको थियो । पूर्वराष्टपति विद्यादेवी भणडारीको सार्वजनिक सम्बोधनहरुको संग्रहमा राष्ट्रिय सुरक्षा,अन्तराष्ट्रि«य सम्बन्ध लगायतका बहुआयामिक विषयहरु समावेश भएको र विमस्टेक लगायतका निकायहरुमा गरिएका सम्वोधनहरुले कुटनितिक एवम् राष्ट्रिय सुरक्षाको क्षेत्रमा महत्वपूर्ण अर्थराख्ने धारणा व्यक्त गर्नुुभएको थियो । त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा केदारप्रसाद रिजालले पूर्वराष्टपति भण्डारीको सार्वजनिक सम्वोधनमा वातावरण र दिगो विकासका विषयले प्राथमिकता पाएको र वातावरण र जववायु परिर्वतनका सन्र्दभमा पोल्याण्डको वार्सामा भएको सम्वोधन अत्यन्तै महत्वपूर्ण भएको र विकासका नाममा भएका वातावरणीय विनासको विषयमा गहिरो चिन्तन रहेको धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा समाजशास्त्र केन्द्रीय विभागका प्रा.डा युवराज लुइटेलले पुर्वराष्ट्र«पतिको सार्वजनिक सम्वोधनको समाजशास्त्रीय दृष्टिकोणवाट विश्लेषण गर्नुभएको थियो भने त्रिवि द्धन्द्ध शान्ति र विकासका अध्ययन विभागका संयोजक डा. पिताम्बर भण्डारीले उक्त सार्वजनिक सम्वोधनको द्धन्द्ध र शान्तिको दृष्टिकोणबाट विश्लेषण गर्नुभएको थियो भने सामाजिक कार्यका विद्यार्थी पुकार चौधरीले पूर्वराष्टपति विद्यादेवी भण्डारीका सार्वजनिक सम्वोधनहरुमा तिज,गौरापर्व र जितिया पर्व लगायतका मौलिक र स्थानिय पर्वहरुलाई राष्ट्रिय पर्वहरुको रुपमा समान हैसियत दिई सम्वोधन गर्नुभएको विषयलाई चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल र दक्षिण एसियाली अनुसन्धान केन्द्र(सिनास)का कार्यकारी निर्देशक डा.मृगेन्द्रबहादुर कार्कीले कार्यक्रमको महत्वका वारेमा प्रकाशपार्नुभएको थियो । सिनासले मौलिक क्षेत्रमा अनुसन्धान गर्ने, थिङ्क ट्याङ्कको भूमिका निर्वाह गर्ने र विद्यावारिधिका कार्यक्रम सञ्चालन गरि थप क्रियाशिलहुने योजना बनाएको बताउनुभएको थियो ।