त्रिभुवन विश्वविद्यालयको ६५ औं बार्षिक दिवसको उपलक्ष्यमा २५ बर्षसम्म त्रिवि सेवामा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई दीर्घसेवा पदक तथा प्रमाणपत्रद्धारा सम्मान गरिएको छ ।
२०८१।०३।३० गते कीर्तिपुर स्थित त्रिवि स्मृति भवनमा आयोजित दीर्घसेवा पदक वितरण कार्यक्रममा त्रिभुवन विश्वविद्यालयमा २५ बर्ष सेवा गरेका २४८ शिक्षक तथा ९३ जना कर्मचारीहरुलाई दीर्घसेवा पदक तथा प्रमाणपत्रले सुशोभित गरिएको हो । दीर्घसेवा पदक तथा प्रमाणपत्र वितरण कार्यक्रमको उद्घाटन पश्चात सम्बोधन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरजङ्ग बरालले त्रिभुवन विश्वविद्यालय मार्फत शिक्षक कर्मचारीहरुले देशलाई आवश्यक दक्षजनशक्ति उपलब्ध गराई राज्यको महत्वपूर्ण सेवा गरिरहनुभएको बताउनुभयो । देश बहुविश्वविद्यालयको अवधारणमा गएपनि त्रिभुवन विश्वविद्यालयप्रतिको आर्कषण र विद्यार्थीहरुको चापमा बढिरहेको, विश्वविद्यालयले सामाजिक तथा व्यावसायिक उत्तरदायित्व बढिरहेकोले कक्षाकोठामा हुने शैक्षिक तथा अनुसन्धानात्मक क्रियाकलापलाई समाजको आवश्यकतासँग तादम्यता मिलाई आलोचनात्मक चेत भएका जनशक्ति निर्माण गरेर देश र अभिभावकहरुले गरेको लगानीको सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । विश्वव्यापीकरण, सूचना प्रविधिको विकास र बजारको विविधिकरणका कारण विश्वविद्यालयहरुले थप प्रतिस्पर्धी विद्यार्थीहरु निर्माण गर्न पाठ्यक्रम, शिक्षण विधि र प्रशासनलाई विद्युतियकरण गरी कार्यान्वयन गर्न लागिएको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा घनश्याम भट्टराईले २५ बर्षसम्म त्रिभुवन विश्वविद्यालयमा सेवा गर्नुभएका शिक्षक तथा कर्मचारीहरुलाई सम्मानित गर्न पाउँदा हर्षित भएको बताउनुभयो । उहाँले सवैको महत्वपूर्ण योगदान र क्रियाशिलतावाट त्रिविले आफ्नो शैक्षिक दायरा विस्तार गर्न सफल भएको धारणा व्यक्त गर्नुभएको थियो ।
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा खड्ग के.सीले बौद्धिकताको इतिहासमा त्रिभुवन विश्वविद्यालयको उपस्थिति ६५ बर्षको मात्रै भएतापनि देशको राजनीतिक, सामाजिक र आर्थिक परिवेश र चेतनाको विकाससँगै विश्वविद्यालयले आप्mनो प्राज्ञिक क्षमताको विस्तार र अनुसन्धानको क्षेत्रमा प्रशस्तै अनुकरणीय उपलब्धीहरु हासिल गरिरहेको बताउनुभयो । देशकै सवैभन्दा वढि अनुसन्धान जर्नलहरु निर्माण गर्ने र राष्ट्रिय÷अन्तराष्ट्रि«य ख्याति प्राप्त जर्नलहरुमा अनुसन्धानमुलक लेखहरु प्रकाशित गरेर त्रिविका प्राध्यापकहरुले महत्वपूर्ण प्राज्ञिक उपलब्धी हासिल गरेको विषयलाई नजरअन्दाज गर्न नमिल्ने बताउनुभयो । विविध चुनौतिहरुका बावजुत शैक्षिक क्यालेण्डर निर्माण गरी कार्यान्वयनमा लगिएको,परीक्षा सुधार गरी हालसम्म करिव ८० प्रतिशत परिक्षाको नजिता प्रकाशित गरिसकिएको, क्षेत्रियस्तरबाटै उत्तरपुुस्तिका परिक्षण गर्ने व्यवस्था निर्माण गरिएको, अनुसन्धानमुलक लेखहरुलाई थप प्रोत्साहित गरी सवै लेख र रचनाको संग्रहित गर्न (कृति बैंक) निर्माण गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा ६५ औं बार्षिकोत्सव मुल समारोह समितिका अध्यक्ष एव् त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा केदारप्रसाद रिजालले २५ बर्षसम्म त्रिवि सेवामा रही पुयाउनुभएको योगदान र समर्पण प्रति समस्त शिक्षक तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्नुहुँदै सबै मिलेर विश्वविद्यालय राम्रो बनाउने प्रण गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
त्रिवि सेवा अयोागका सदस्य प्रा.डा अजय भट्टराईले विश्वविद्यालयको निर्माणमा त्याग,तपस्या तथा महत्वपूर्ण योगदान गर्ने शिक्षक तथा कर्मचारहरु प्रति विशेष आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा त्रिवि प्राध्यापक संघका सभापति प्रा.डा बसन्त ढकालले नेपालको लागि अक्सफोर्ड र हार्डवार्ड विश्वविद्यालय झै सम्मानित र प्रतिष्ठित त्रिभुवन विश्वविद्यालयको विकासमा समग्र विकासका लागि विना पूर्वाग्रह कार्यक्षेत्रमा लाग्न पदाधिकारीहरुलाई अनुरोध गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष छत्रबहादुर कार्कीले २५ बर्षसम्म त्रिविलाई आफ्नो अमूल्य समय दिनुहुने सवै शिक्षक÷कर्मचारीहरुलाई दीर्घजिवनसम्म विश्वविद्यालयलाई गर्नुभएको समर्पण र योगदानको कदर हुनुपर्ने, अगामी पुस्ताको भावनालाई समेटेर विश्वविद्यालय अघि वढ्नुपर्ने बताउनु भयो । अध्यक्ष कार्कीले विश्वविद्यालय व्यवस्थापनका कारण कर्मचारीहरु थप निराश हुनुपर्ने अवस्थाको अन्त्य गर्न समेत अनुरोध गर्नुभएको थियो ।
त्रिवि कर्मचारी संघ केन्द्रीय कार्यालय इकाई समितिका सभापति सूर्वण आर्चायले नवनियुक्त पदाधिकारीहरुले विश्वविद्यालयको स्तरोन्नती र प्राज्ञिक विकासमा थप महत्वपूूर्ण योगदान गर्नुहुने व्यक्त गर्नुहुँदै विश्वविद्यालयको गरिमा बढाउने कार्यमा थप सफलताको कामना समेत गर्नुभएको थियो ।