त्रिविको आ.व २०८१।०८२ को नीति तथा कार्यक्रम पारित 

त्रिविको आ.व २०८१।०८२ को नीति तथा कार्यक्रम पारित 

2024-06-29


त्रिभुवन विश्वविद्यालय योजना परिषद्को पूर्ण बैठकले आर्थिक बर्ष २०८१÷०८२ को बजेटमा प्रस्तुत हुने नीति तथा कार्यक्रमहरु पारित गरेको छ । 
उक्तयोजना परिषद्को पूर्ण बैठकमा त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयका निर्देशक एवम् योजना परिष्दका सदस्य–सचिव डा.प्रेम बहादुर थापाले प्रस्ततु गर्न ुभएको नीति तथा कार्यक्रममा आगामी बर्षमा लिइने शैक्षिक पात्रो निर्माण र कार्यान्वयन, जनशक्ति विकास,शैक्षिक कार्यक्रम र पाठ्यक्रम,विद्युतीकरण र प्रविधिको प्रयोग,अनुसन्धान र प्रकाशन,भौतिक पूर्वाधार,विश्वविद्यालयको सम्पति र स्रोतको परिचालन, अन्तराष्ट्रियकरण र विश्वश्रेणीकरण लगायतका विभिन्न विषयमा महत्वपूर्ण नीति तथा कार्यक्रमहरु समावेश भएका छन् । नीति तथा कार्यक्रममा मुख्यतय प्राज्ञिक परिक्षण गर्ने, गुणस्तर तथा प्रत्यायनलाई कार्यान्वयन गर्ने, विद्यावारिधिलाई थप गुणस्तरीय बनाउने, अनुसन्धान र प्रकाशनमा केन्द्रीत रही प्राज्ञिक उन्नयन गर्ने विषयले प्राथमिकता पाएको छ । 
योजना परिषद्को पूर्ण बैठकलाई सम्बोधन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले त्रिभुवन विश्वविद्यालयको दृष्टिकोण सन् २०३०, उच्चशिक्षा नीति २०७६ र विगतका त्रिभुवन विश्वविद्यालयले अख्तियार गरेको विभिन्न नीति तथा कार्यक्रम र निर्णयहरुलाई आधार मानि एकमुष्ट अध्ययन गरी नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो । कार्यान्वयन गर्न कठिन हुने नीतिलाई खराव नीतिको संज्ञा दिनुहुँदै उपकुलपति प्रा.डा. बरालले त्रिविलाई पुनःसंरचना गर्ने आवश्यक ऐन,नियम परिवर्तन गर्ने, उपलब्ध स्रोत र साधनको बैज्ञानिक मूल्याङ्गकन गरी व्यवहारिक बजेट निर्माण गर्ने, छात्रवृत्तिलाई व्यवस्थित गरी सामाजिक विभेदमा परेका विद्यार्थीहरुलाई लाभान्वित गर्ने साथै उच्चशिक्षा हासिल गर्न योग्य सबै तह र तप्काका विद्यार्थीहरुको अध्ययनलाई सहजीकरण गर्ने र त्यसका लागि सरकारले आर्थिक सहयोग गर्नुपर्ने र अनुसन्धान केन्द्रहरुलाई आर्थिकोपार्जन गर्न सक्ने गरी सुदृढिकरण गर्ने, प्राविधिक विषयहरुलाई पूनःताजकी गरी नियामक निकायहरुलाई जिम्मेवार र जवाफदेही बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । 
योजना परिषदको बैठकलाई स्वागत गर्नुहुँदै त्रिभुवनविश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. खड्ग के.सीले विश्वविद्यालयका केही महत्वपूर्ण पक्षहरुलाई तत्काल सुधार गरी दीर्घकालीनरुपमा सुधार गर्नुपर्ने पक्षहरुलाई नीति तथा कार्यक्रममा समेटिएको बताउनुभयो । भौतिक पूर्वाधारलाई व्यवस्थित गर्ने, कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय परिसरलाई व्यवस्थित गर्ने, सबै शैक्षिक निकायहरुमा रहेका प्रयोगशालालाई व्यवस्थित र सुदृढ गर्ने, महाविद्यालयको दृष्टिकोणको कार्यान्वयनको लागिआधार तयार गर्ने, परीक्षा प्रणालीलाई सुधार गरी प्रविधिमा आधारित प्रवन्ध मिलाउने, अनुगमन निर्देशानालय र पाठ्यक्रम विकास केन्द्रलाई पूनःसरंचनाका लागि प्रभावकारीता अभिवृद्धि गर्ने विषयहरुले नीति तथा कार्यक्रममा प्राथमिकता प्राप्त गरेको बताउनुभयो । 
त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. केदार प्रसाद रिजालले योजना परिषद्का विद्धान सदस्यहरुबाट प्राप्त सुझाबहरुलाई परिमार्जित रुपमा ग्रहण गरी नीति तथा कार्यक्रममा समावेश गर्ने बताउनुभयो । सवैको सल्लाह र सुझावले आगामी दिनमा लिने विभिन्न निर्णयहरुमा पृष्ठपोषणको काम गरेको भन्दै सवैसँगको परामर्शबाट आगामी बर्षको बजेटलाई थप व्यवस्थित बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । 
कार्यक्रममा विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा.पशुपति अधिकारी, त्रिवि केन्द्रीय पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदी, इन्जिनियरिङ्ग अध्ययन संस्थानका सहायक डीन, प्रा.डा.शुशिलबहादुर बज्राचार्य, मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा.कुशुमशाक्य, शिक्षाशास्त्र संकायका डीन प्रा.डा.चित्रबहादुर बुढाथोकी, चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा.डा.दिव्यासिंह शाह, नेपाल र एसियाली अनुसन्धान केन्द्र(सिनास) का कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्की, त्रिविका प्रमुख कानुनी सल्लाहाकार नारायणप्रसाद खनाल, राष्ट्रिय योजना आयोगका प्रतिनिधी लोकनाथ भुसाल, अन्तराष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक विनोद जोशी, त्रिवि पाठयक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.पारसनाथ यादव, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा.विनिल अर्याल, व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्मा, कानुन संकायका डीन डा.कृष्णप्रसाद बस्याल, बन विज्ञान अध्ययन संस्थानका डीन प्रा.डा. विर बहादुर खनाल क्षेत्री र आर्थिक प्रशासन महाशाखाका प्रमुख कुमार प्रसाद हुमागाईले नीति तथा कार्यक्रममा  महत्वपूर्ण सुझावदिनुभएको थियो ।