तेह्रथुम क्याम्पसले बुझायो गुण्स्तर प्रत्यायनका लागि प्रतिवेदन

तेह्रथुम क्याम्पसले बुझायो गुण्स्तर प्रत्यायनका लागि प्रतिवेदन

2024-05-19

त्रिभुवन विश्वविद्यालय,तेह्रथुम क्याम्पसले गुणस्तर प्रत्यायन प्राप्त गर्न शिक्षाध्यक्ष प्रा.डा खडग  के.सीलाई   स्वअध्ययन रिर्पोट रिर्पोट पेश गरेको छ ।

शिक्षाध्यक्ष कार्यालयमा आयोजित रिर्पोट हस्तान्तरण कार्यक्रममा गुणस्तर प्रत्यायन विज्ञहरुको उपस्थितिमा रिर्पोट हस्तान्तरण गरिएको हो । कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्नुहुँदै शिक्षाध्यक्ष प्रा.डा खडग  के.सीले गुणस्तर प्रत्यायन सँगै प्राज्ञिक परिक्षणको संयन्त्र बनाई कार्यान्वयन गर्नुपर्ने बताउनुुभयो  गुणस्तर प्रत्यायनका लागि तेह्रथुम क्याम्पसले गरेको कार्यलाई प्रशंसा गर्नुहुँदै अनुसन्धान र प्रकाशनलाई विशेष जोड दिन अनुरोध गर्नुभएको थियो । उहाँले त्रिभुवन विश्वविद्यालयका ४१२ जर्नल नेप्जोलमा अद्यवधिक रहेको, ३७ बाटा दोहोरो स्टार प्राप्त र ८ बटा सिमागो जर्नल प्रकाशित भएको बताउनुहुँदै अनुसन्धानलाई व्यवस्थित र गुणस्तरीय बनाउन

तेह्रथुम क्याम्पसले बुझायो गुणस्तर प्रत्यायन प्रतिवेदन

त्रिभुवन विश्वविद्यालय,तेह्रथुम क्याम्पसले गुणस्तर प्रत्यायन प्राप्त गर्न शिक्षाध्यक्ष प्रा.डा खडग  के.सीलाई   स्वः अनुसन्धान रिर्पोट रिर्पोट पेश गरेको छ ।

शिक्षाध्यक्ष कार्यालयमा आयोजित रिर्पोट हस्तान्तरण कार्यक्रममा गुणस्तर प्रत्यायन विज्ञहरुको उपस्थितिमा रिर्पोट हस्तान्तरण गरिएको हो । कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्नुहुँदै शिक्षाध्यक्ष प्रा.डा खडग  के.सीले गुणस्तर प्रत्यायन सँगै प्राज्ञिक परिक्षणको संयन्त्र बनाई कार्यान्वयन गर्नुपर्ने बताउनुुभयो  गुणस्तर प्रत्यायनका लागि तेह्रथुम क्याम्पसले गरेको कार्यलाई प्रशंसा गर्नुहुँदै अनुसन्धान र प्रकाशनलाई विशेष जोड दिन अनुरोध गर्नुभएको थियो । उहाँले त्रिभुवन विश्वविद्यालयका ४१२ जर्नल नेप्जोलमा अद्यवधिक रहेको, ३७ बाटा दोहोरो स्टार प्राप्त र ८ बटा सिमागो जर्नल प्रकाशित भएको बताउनुहुँदै अनुसन्धानलाई व्यवस्थित र गुणस्तरीय बनाउन अन्तराष्टिय  बर्कसप गर्ने बताउनुभएको थियो । कार्यक्रममा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक विष्णुप्रसाद खनालले तेह्रथुम क्याम्पस विगतको तुलनामा थप व्यवस्थित र सृदृढ बन्दै गइरहेकोले गुणस्तर प्र्रत्यायन पश्चात थप क्रियाशिल हुने अपेक्षा व्यक्त गर्नुभएको थियो । प्रथम अनुसन्धान रिर्पोटका बिज्ञ प्रा.डा कृष्णदास मानन्धरले २०१७ सालमा स्थापित पुर्वको ऐतिहासिक क्याम्पसको रुपमा रहेको तेह्रथुम क्याम्पस गुणस्तर प्रत्यायन प्राप्त सक्षम भएको र भौगोलिक विकटताका बावजुत पनि उच्चशिक्षामा योगदान गरेको बताउनुभयो ।

 तेह्रथुम क्याम्पसका क्याम्पस प्रमुख पोष्टराज लामिछानेले २० जना शिक्षक, ९ जना कर्मचारी र २३३ जना विद्यार्थी रहेको क्याम्पसमा ३ वटा संकायका कार्यक्रम सञ्चालन रहेको बताउनुभयो । उहाँले एक बर्षमा १२० बटा शैक्षिक  तथा प्रशासनिक कार्यक्रमहरु सञ्चालन गरेको बताउनुभएको थियो । कार्यक्रममा गुणस्तर प्रत्यायन तथा प्रत्यायोजन केन्द्रका निर्देशक डा. प्रेम बहादुर थापाले तेह्रथुम क्याम्पसको उक्त प्रतिवेदन विश्वविद्यालय अनुदान आयोग समक्ष पेश गर्ने बताउनुभएको थियो ।

बर्कसप गर्ने बताउनुभएको थियो । कार्यक्रममा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक विष्णुप्रसाद खनालले तेह्रथुम क्याम्पस विगतको तुलनामा थप व्यवस्थित र सृदृढ बन्दै गइरहेकोले गुणस्तर प्र्रत्यायन पश्चात थप क्रियाशिल हुने अपेक्षा व्यक्त गर्नुभएको थियो । प्रथम अनुसन्धान रिर्पोटका बिज्ञ प्रा.डा कृष्णदास मानन्धरले २०१७ सालमा स्थापित पुर्वको ऐतिहासिक क्याम्पसको रुपमा रहेको तेह्रथुम क्याम्पस गुणस्तर प्रत्यायन प्राप्त सक्षम भएको र भौगोलिक विकटताका बावजुत पनि उच्चशिक्षामा योगदान गरेको बताउनुभयो ।

 तेह्रथुम क्याम्पसका क्याम्पस प्रमुख पोष्टराज लामिछानेले २० जना शिक्षक, ९ जना कर्मचारी र २३३ जना विद्यार्थी रहेको क्याम्पसमा ३ वटा संकायका कार्यक्रम सञ्चालन रहेको बताउनुभयो । उहाँले एक बर्षमा १२० बटा शैक्षिक  तथा प्रशासनिक कार्यक्रमहरु सञ्चालन गरेको बताउनुभएको थियो । कार्यक्रममा गुणस्तर प्रत्यायन तथा प्रत्यायोजन केन्द्रका निर्देशक डा. प्रेम बहादुर थापाले तेह्रथुम क्याम्पसको उक्त प्रतिवेदन विश्वविद्यालय अनुदान आयोग समक्ष पेश गर्ने बताउनुभएको थियो ।