प्रा प्रदिपकुमार खड्का विद्याभुषण पदक स्थापना

प्रा प्रदिपकुमार खड्का विद्याभुषण पदक स्थापना

2024-04-28

त्रिभुवन विश्वविद्यालयमा प्रा प्रदिपकुमार खड्का विद्याभुषण पदक प्रदान गर्ने सहमति पत्रमा हस्ताक्षर भएको  छ । ग्रामिण केन्द्रीय विभाग कीर्तिपुरवाट अवकाश प्राप्त प्राध्यापक प्रदिप कुमार खड्काको स्वर्गारोहण भएको ४५ औं दिनमा उहाँ सुपुत्र विमल कुमार खड्काले रु दशलाख पच्चीस हजारको अक्षय कोष निर्माण गरी नेपालभरबाट त्रिविमा स्नातकोत्त तहमा ग्रामीण विकास विषयमो उत्कृष्ट जि.पी.एम प्राप्त गर्ने १ जना छात्र र १ जना छात्रालाई उक्त विद्याभुषण पदक प्रदान गर्ने सहमति भएको हो । त्रिभुवन विश्वविद्यालय दानदातव्य कोष सञ्चालन सम्वन्धी विनियम २०७९ बमोजिम  गरिएको सहमतिमा त्रिभुवन विश्वविद्यालयका तर्फवाट रजिष्ट्रार प्रा.डा केदारप्रसाद रिजाल र दानदाताको तर्फवाट स्वर्गीय प्रा.प्रदिपकुमार खड्काका सुत्रुप विमलकुमार खड्काले हस्ताक्षर गर्नुभएको छ । दानदातव्य कोषमा योगदान र तथा कोष परिचालन सम्बन्धी सम्झौता कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्नुहुँदै रजिष्ट्रार प्रा.डा रिजालले विश्वका कैयौ विश्वविद्यालयहरु दानदातव्यबाट सञ्चालन भईरहेको भन्दै त्रिविले आफूलाई थप व्यवस्थित र समृद्ध बनाउन दाताहरुसँग सहयोग स्वीकार गर्दै अघि वढने योजना निर्माण गरेको बताउनुभएको थियो । स्वर्गीप प्रा.प्रदिपक कुमार खड्काका सुपुत्र विमलकुमार खड्काले आफना पिताले ग्रामीण विषयमा दिएको योगदानको स्मरण गर्दै उहाँले त्रिभुवन विश्वविद्यालयप्रति उहाँको प्रतिवद्धता र स्नेतहलाई स्मरण गर्नुभएको थियो ।