खरिदसम्वन्धमा एकहप्ते तालिम 

खरिदसम्वन्धमा एकहप्ते तालिम 

2024-04-21


त्रिभुवन विश्वविद्यालय समन्वय महाशाखाको अयोजनामा उपत्यका भित्रका क्याम्पस÷कार्यालयहरुमा कार्यरत शाखा अधिकृतहरुलाई खरिद प्रक्रिया सम्वन्धी सेवाकालिन तालिम प्रारम्भ भएको छ । 
तालिममा उपत्यकाभित्रवाट ४० जना सार्वजनकि खरिद शाखामा विशेष जिम्मेवारी सम्हालिरहनुभएका कर्मचारीहरुलाई सलंग्न गराइएको छ । २०८१।०१।०९ देखि २०८१।०१।१५ सम्म सञ्चालन हुने तालिममा सार्वजनिक खरिदका महत्वपूर्ण कानुनी पक्ष र व्यवहारिक पक्षहरुका सन्र्दभमा नेपाल सरकार सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव एवम् उपसचिवहरुले तालिन दिनुहुने भएको छ । तालिमको उद्घाटन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा खड्ग केसीले विश्वविद्यालयमा व्याप्त वेरुजु न्यूनिकरण गरी असल शासनको विकास गर्न तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गर्नुभएको थियो । उहाँले सार्वजनिक निकायहरुमा कर्मचारीतन्त्रको कार्यशैली,जिम्मेवारी र नैतिकताले महत्वपूर्ण भूमिका निर्वाह गर्नेहुँदा तालिममा सिकेका सिपलाई नियमानुसार कार्यान्वयन गरी त्रिभुवन विश्वविद्यालयको प्रशासनिक दक्षता विकासमा महत्वपूर्ण योगदान गर्न सहभागी कर्मचारीहरुलाई अनुरोध गर्नुभएको थियो । 
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा केदारप्रसाद रिजालले तालिमलाई सिप र दक्षताको विकास गर्ने महत्वपूर्ण अवसरको रुपमा सदुपयोग गर्न सहभागीहरुलाई अनुरोध गर्नुभयो । तालिम मार्फत विश्वविद्यालयले राखेको उद्देश्यपुरा गरी सार्वजनिक खरिदमा हुने सवैप्रकारको कमजोरी,वेतिथी र त्रुटीहरुको बारेमा यथोचित जानकारी लिई कार्यान्वयन गर्न समेत निर्देशन दिनुभएको थियो । 
कार्यक्रममा समन्वय महाशाखका निमित्त प्रमुख दिपक तिवारीले तालिमले सहभागीहरुलाई पुर्नताजगी गराई थप सक्षम  र सृदृढ बनाउने र  कार्यक्षमतामा ऊर्जा भर्ने बताउनुभयो । तालिममा अनुशासनमा रही समयमा उपस्थित भई विज्ञहरुबाट आफूलाई थप जानकार बनाउन  अनुरोध गर्नुभएको थियो । उहाँले समन्वय महाशाखाले आफ्नो सक्रियतामा पहिलो पटक सार्वजनिक खरिद सम्वन्धमा तालिम आयोजना गरेको छ । पदाधिकारीहरुसँगको सहकार्यक्रमा समन्वयमहाशाखामार्फत सवैप्रकारका तालिमहरु सञ्चालन गर्ने समेत जानकारी गराउनु भएको थियो । कार्यक्रममा शिक्षाध्यक्ष र रजिष्टारले कर्मचारीहरुको सेवाकालिन तथा पुनर्ताजगी तालिम पाठ्यक्रम २०८० को विमोचन समेत गर्नुभएको थियो ।