वतावरण विज्ञान केन्द्रीय विभागको आयोजनामा स्नातक सम्मेलन 

वतावरण विज्ञान केन्द्रीय विभागको आयोजनामा स्नातक सम्मेलन 

2024-04-04

त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागको आयोजनामा दशौं स्नातक सम्मेलन भव्यतापूर्ण रुपमा सम्पन्न भएको छ ।
ललितपुर स्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित स्नातक सम्मेलनमा वातावरणीय क्षेत्रमा महत्वपूर्ण प्रभाव पार्दै आइरहेका  जैविक विविधता,परिस्थितिक प्रणाली, मौसम परिवर्तनको दुरगामी प्रभाव,आर्थिक तथा सामाजिक व्यवस्थापन, मानव स्वास्थ्य, स्वदेशी ज्ञान र प्रविधी, वातावरणीय प्रदुषणका प्रभावका बारेमा बृहद बैज्ञानिक चर्चा गरिएको थियो । २०८० चैत २२ देखि २३ सम्म सञ्चालित सम्मेलनमा देशभरीवाट करिव २ सय युवा वैज्ञानिकहरुको उपस्थिति रहेको थियो । दशौं स्नातक सम्मेलनलाई सम्बोधन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालय,विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा विनिल अर्यालले स्नातकहरुलाई ठुलो र चुनौतीपूर्ण निर्णय मार्फत गुणात्मक र परिणात्मक परिर्वतन गर्न उत्प्रेरित गर्नुभएको थियो । समाज परिर्वतन र वैज्ञानिक विकासमा युवा स्नातक हरुको नवप्रवर्तनात्मक रचनात्मकताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै उहाँले स्वदेशी ज्ञान र सिपलाई व्रान्डिङ गर्न समेत स्नातक हरुलाई अनुरोध गर्नुभएको थियो । वातावरण विज्ञानले समग्र जिवहरुको जिवनप्रणालीसँग जोडिएको र सवै विज्ञानसँग समन्वय गर्न सक्ने भएकोले वहुविधामा अनुसन्धानात्मक कार्य गर्न उहाँको सुझाव रहेको थियो । 
सम्मेलनमा वातावरण विज्ञान केन्द्रीय विभागका प्राध्यापक एवम् स्नातक सम्मेलनका मुख्य संयोजक प्रा.डा छत्रमणी शर्माले वातावरणीय क्षेत्रमा महत्वपूर्ण योगदान दिने स्नातकहरुलाई वैज्ञानिक,प्राज्ञिक एवम् प्रयोगात्मक अनुभवका मार्फत सूचनाको आदानप्रदान, वैज्ञानिक छलफल, अनुसन्धानका विधि एवम् पछिल्ला बैज्ञानिक सफलताहरुसमेतका बारेमा विज्ञहरु मार्फत जानकारी गराउने उद्देश्य रहेको बताउनुभएको थियो । सम्मेलनका मुख्य उद्देश्य र शीर्षकहरुका बारेमा जानकारी गराउदै सवै युवा बैज्ञानिकहरुलाई नेटवर्किङ गर्न सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको थियो । 
मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका अध्यक्ष प्रा.डा राजेन्द्रध्वज जोशी ले स्नातकहरुलाई वैज्ञानिक खोज अनुसन्धानमा कार्य गर्न,प्रविधिको क्षेत्रमा आएको परिवर्तनवाट कसरी लाभ लिने भन्ने विषयमा चिन्तन गर्न, प्राज्ञिक चेतनाको विकास गर्न, भ्रष्टचार र वेतिथी एवम् दलीय राजनीतिकबाट अलग रहन सुझाव दिनुभएको थियो । युवाहरुमा व्याप्त निराशा, प्रतिशोध र गैरजिम्मेवारीपनाले देश विकास नहुने भन्दै व्यवसायिकतालाई विशेष प्राथमिकता दिन समे अनुरोध गर्नुभएको थियो । युवाहरु देशका महत्वपूर्ण पुँजी भएकोले आफुले आर्जन गरेको सिप,क्षमता, योग्यता र मिहनेत आफ्नै देशको विकासमा प्रयोग गर्ने नीति निर्माणमा ढिलाई भइसेको धारणा व्यक्त गर्नुभएको थियो । 

वातावरण विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा उद्धवराज खड्काले युवा सोचहरुलाई वैज्ञानिक विकासमा परिवर्तन गर्न सम्मेलनले महत्वपुर्ण योगदान गर्ने अपेक्षा गर्नुभयो । बातावरण विज्ञान केन्द्रीय विभागका सक्रिय प्राध्यापकहरुको अथक मिहनेतका कारण स्नातक सम्मेलनको दशौं श्रृंखला सम्भव भएको भन्दै उस्तै सोचाई दृष्टिकोण र कार्यान्वयनले नयाँ विषयको आविष्कार सम्भव नभएको भन्दै रचनात्मक क्षमता विकास गर्ने निखार्ने काम लाग्न सवै स्नातकहरुलाई अनुरोध गर्नुभएको थियो । कार्यक्रममा देशभरी वतावरण  विज्ञान अध्ययन÷अध्यापन गर्ने क्याम्पसका विदार्थीहरु,वातावरणको क्षेत्रममा क्रियाशिल सरकारी,गैरसरकारी क्षेत्रमा कार्यरत वैज्ञानिकहरु लगायतको उपस्थिति रहेको थियो ।