जलवायु विषयका विद्यार्थीहरुका लागी पुरस्कार स्थापना  

जलवायु विषयका विद्यार्थीहरुका लागी पुरस्कार स्थापना  

2023-03-31



कलैया नगरपालिका ७ बारा निवासी राजस्थान केन्द्रीय विश्वविद्यालयबाट अवकाश प्राप्त प्रा.डा सोमेश्वर दासले त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका अब्बल शोधार्थीहरुलाई अनुसन्धानमा आर्कषण गरी अन्तराष्ट्रियस्तरमा उत्कृष्ट जर्नल प्रकाशित गर्न र अनुसन्धानात्मक लेखनलाई प्रोत्साहन गर्न प्रा.डा सोमेश्वर दास जलवायु विज्ञान उत्कृष्ट कृति पुरस्कार र श्रीमुखी हरिवंश नारायण दास जलवायु विज्ञान पुरस्कारको अक्षयकोष  निर्माण गर्नुभएको छ ।  जल तथा मौसम विज्ञान केन्द्रीय विभागमा आयोजित अक्षयकोष विधानमा हस्ताक्षर कार्यक्रममा जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्रमुख प्रा.डा दिपक अर्याल र प्रा.डा सोमेश्वर दासले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको हो । श्रीमुखी हरिवंश नारायण दास जलवायु विज्ञान पुरस्कारको अक्षयराशी रु ३ लाख ५० हजार रहेको छ भने त्रिवि अन्तर्गतका क्याम्पसहरुमा जलवायु विज्ञान विषयमा स्नातक तहमा सर्वोत्कृष्ट १ जना विद्यार्थीलाई उक्त अक्षयकोषवाट बार्षिक रु १५ हजार पुरस्कृत गरिने र प्रा.डा सोमेश्वर दास जलवायु विज्ञान उत्कृष्ट कृति पुरस्कारको अक्षयराशी रु ४ लाख ५० हजार रहेको र उक्त अक्षयराशीबाट उत्कृष्ट शोधकार्य गर्ने शोधार्थीलाई प्रत्येक बर्ष रु २५ हजार पुरस्कृत गरिने जनाइएको छ । 
भारत सरकारको राष्ट्रिय मध्यमअवधि मौसम पूर्वानुमान केन्द्रमा समेत काम गर्नुभएका जलवायु विज्ञान विषयका प्राध्यापक डा.सोमेश्वर दास त्रिचन्द्र क्याम्पसका जलवायु विज्ञान विषयको दोश्रो शैक्षिक बर्षका विद्यार्थी समेत हुनुहुन्छ ।