जल तथा मौसम विज्ञान केन्द्रीय विभाग सफलताको ३८ औं बर्षमा 

जल तथा मौसम विज्ञान केन्द्रीय विभाग सफलताको ३८ औं बर्षमा 

2024-03-26


त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागको ३८ औं बार्षिक दिवस समारोह एक विशेष कार्यक्रम गरी सम्पन्न भएको छ  । 

कीर्तिपुर स्थित, विभागको हलमा आयोजित बार्षिक दिवस कार्यक्रममा प्रमुख अतिथीको रुपमा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा विनिल अर्याल सहभागी हुनुभएको थियो ।

जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा दीपक अर्यालले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै  विभागका कार्यरत सक्रिय प्राध्यापकहरुको क्रियाशिलताका कारण विश्वका महत्पूर्ण देशहरुसँग सहकार्य गर्न सफल भएको, विश्वका प्रख्याल अनुसन्धान केन्द्र तथा शैक्षिक संस्थाहरुसँग सम्वन्ध कार्यम गरिएको, विद्यार्थीहरु समेतका सहभागीतामा अन्तराष्ट्रियस्तरका जर्नलहरुमा लेख प्रकाशित गरिएको,पाठ्यक्रमलाई विश्वस्तरका बनाई स्थानीय निकायहरु समेतको सहकार्य अघि बढाइएको, विभागबाट उर्तीण विद्यार्थीहरुले राष्ट्रिय÷अन्तराष्ट्रि«य पहिचान निर्माण गर्न सफल भएको, विगत एकबर्षमा दुुईवटा विद्यावारिधि उपाधि प्रदान गरिएको, विद्यार्थीहरुसँगको सहकार्यमा सगरमाथामा त्रिविको झण्डा फहराइएको, विद्यार्थीहरुलाई अन्तराष्ट्रिय शैक्षिक सहकार्य मार्फत विदेश भ्रमण र अध्ययनको अवसर उपलब्ध गराइएको जानकारी गराउनुभएको थियो । 

बार्षीकोत्सव कार्यक्रममा प्रमुख अतिथि विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा विनिल अर्यालले अन्तराष्ट्रिय सहकार्य र राष्ट्रिय योगदानका क्षेत्रमा काम गर्न विभागमा अध्ययनरत विद्यार्थीहरुलाई अनुरोध गर्नुभएको थियो । विज्ञान तथा प्रविधि लगायतका  विषयमा विद्याथीहरुको  उर्तिणदर करिव ५० प्रतिशत मात्र रहेको भन्दै उहाँले विद्यार्थीहरुका लागी विभागहरु सिकाईको केन्द्र बन्नुपर्ने बताउनुभयो । अनुसन्धानले विज्ञानका विद्यार्थी र प्राध्यापकहरुको सिकाईको समय अत्यन्तै छोटो देखाएकोमा चिन्ता व्यक्त गर्नुभएको थियो । बार्षिक दिवसको अवसरमा जलवायु विषयमा स्नातकोत्तर तहको पहिलो सेमेष्टरका उत्कृष्ट नजिता प्राप्त गर्ने विद्यार्थी अशोक बख्रेल र तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी डार्विन राना र आकाश मण्डललाई सम्मान गरिएको थियो भने विभागमा स्थापित श्रीमुखी हरिवंश नारायण दास पुरस्कारबाट स्नातक तहमा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी सुषा मानन्धर र चन्द्रलोक जलवायु विज्ञान पुरस्कारबाट स्नातकोत्तर तहमा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने नवराज पोखरेललाई पुरस्कृत गरिएको थियो । 

विभागले उत्कृष्ट कर्मचारीको रुपमा रमी नेपाली देउला र प्रा.डा टेकबहादुर क्षेत्रीलाई सम्मान गरिएको  थियो ।  कार्यक्रममा चन्द्रलोक जलवायुविज्ञान पुरस्कार स्थापना गर्ने पारिवारिक सदस्य भरतराज पौडेल र  साउन एशियसन मेटोरोलिजकल एशोसियसनका संस्थापन महासचिव प्रा.डा सोमेश्वर दासले संक्षिप्त मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा काठमाडौं सेन्टर फर रिर्सच एण्ड एजुकेशन (केसिआरई)का उपनिर्देशक डा. थिन्ले शु, सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्र प्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालक जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद दवाडी र धन्यवाद ज्ञापन सहप्राध्यापक डा. मदन सिग्देलले गर्नुभएको थियो ।