त्रिवि उपकुलपतिमा प्रा.डा केशरजङ्ग बराल नियुक्त  

त्रिवि उपकुलपतिमा प्रा.डा केशरजङ्ग बराल नियुक्त  

2024-02-23

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा केशरजङ्ग बराल नियुक्त हुुनभएको छ । प्रधानमन्त्री एवम् त्रिविका कुलपतिबाट त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १८ को उपदफा (२) अनुसार गठित समितिको सिफारिसमा प्रा.डा बराललाई  त्रिवि ऐन २०४९ को दफा १८ को उपदफा (३) बमोजिम ४ बर्ष पदावधी कायम हुने गरी २०८०।११।१० को निर्णयानुसार उपकुलपति पदमा नियुक्त गर्नुभएको हो । नवनियुक्त उपकुलपति प्रा.डा केशरजङ्ग बरालले २०८०।११।११ गते शुक्रबार कीर्तिपुर स्थित उपकुलपतिको कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ । रम्भा गाउँपालिका ०३ पाल्पा स्थायी घर भई पोखरामा बसोवास गर्दै आइरहनुभएका प्रा.डा बराल व्यवस्थापन विषयका प्राध्यापक तथा पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति समेत हुनुहुन्छ । 
त्रिवि स्मृति भवन कीर्तिपुरमा पदभार सम्हाले लगत्तै आयोजित संक्षिप्त कार्यक्रममा उपकुलपति प्रा.डा बरालले त्रिभुवन विश्वविद्यालयले तत्काल भोगिरहेको चुनौतीको समाधान गर्न उपयुक्त शैक्षिक क्यालेण्डर बनाई लागुगर्ने, मानविकी तथा शिक्षाशास्त्र संकायलाई पुर्नजिवित गर्ने, स्थानिय ज्ञान र सिपलाई प्रवद्र्धन गर्ने, त्रिविलाई पुुनःसरंचना गर्ने र उच्चशिक्षामा राज्य र अविभावकले गरेको लगानीको प्रभावकारीता अभिवृद्धि गर्ने बताउनुभएको थियो । त्रिविलाई व्यवस्थित र अनकरणीय शैक्षिकसंस्थाको रुपमा विकसित गर्ने आफ्नो योजनालाई सफल पार्न सम्पूर्ण पदाधिकारी,प्राध्यापक,कर्मचारी र विद्यार्थीहरुको सहयोग प्राप्त भएमा मात्रै आफुलाई दिइएको शुभकामनाले सार्थकता प्राप्त गर्ने नवनियुक्त उपकुलपति प्रा.डा बरालको धारणा रहेको थियो । 
 


Files

S.N Name Type Download
1 Curriculam viate of Prof. Keshar Jung Baral,PhD pdf