त्रिभुवन विश्वविद्यालय नेपाल र दक्षिण एसियाली अुसन्धान केन्द्र(सिनास) ले हुम्ला जिल्ला स्थिति सर्केगाड गाउँपालिकाको ऐतिहासिक, भौगोलिक, सामाजिक र आर्थिक बिषयवस्तुहरु झल्कने गरी पाश्र्वचित्र तयार पारी हस्तान्तरण गरेको छ । गाउँपालिकाको आर्थिक, सामाजिक बर्तमान अवस्था चित्रित उक्त पाश्र्वचित्रमा गाउँपालिकाको पञ्चबर्षिय योजना र वस्तुस्थितिलाई समेटिएको छ । २०७९ माघ १० मा दक्षिण एसियाली अनुसन्धान केन्द्र (सिनास) र सर्केगाड गाउँपालिका विच भएको समझदारी अनुसार विभिन्न चरणमा गरिएको स्थलगत अनुसन्धान र अध्ययन वाट उक्त पाश्र्वचित्र तयार गरिएको हो । पाश्र्वचित्रमा १० हजार ६सय ८ जनसंख्या रहेको सर्केगाड गाउँपालिका बहुपक्षिय अनुसन्धान गरी जनताको वास्तविक आवश्यकता र चाहनालाई पाश्र्वचित्रमा लिपिवद्ध गरिएको छ । २०८० माघ २३ मा र्कीितपुर स्थिति सिनासको अष्ट्राब्रक हलमा आयोजित पाश्र्वचित्र हस्तान्तरण कार्यक्रममा सिनासका कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्कीले गाउँपालिकाको वास्तविक यथार्थता चित्रित पाश्र्वचित्रलाई गाउँपालिकको बजेट तथा योजनामा समेटी कार्यान्वय गर्न गाउँपालिका प्रमुखलाई विशेष अनुरोध गर्नुभएको थियो । सर्केगाड अनुसनधान परियोजनालाई समेटेर सिनासले आगामी दिनमा जर्नल प्रकाशित गर्ने जानकारी गराउनुहुँदै पाश्र्वचित्रमा महत्वपूर्ण योगदान गर्ने अनुसन्धानकर्ताहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकायाले पाश्र्वचित्र गाउँपालिकाको अत्यन्तै महत्वपूर्ण सम्पति रहेको र आगामी मार्गदर्शन समेत बनाएर कार्यान्वयन गर्ने बताउनुभयो । विकासको दृष्टिले अत्यन्तै पछाडी परेको सर्केगाड गाँउपालिकाको विकासकालागी आफुहरु स्पष्ट योजना बनाएर अघि बढने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । पञ्चबर्षिय र योजना र विषयवस्तु दुईभागमा प्रकाशित पाश्र्वचित्र निर्माणको नेतृत्व सिनासका सहप्राध्यापक डा.रत्नमणी नेपालले गर्नुभएको थियो भने उक्त अनुसन्धान समुहमा जनसंख्या केन्द्रीय विभागका नविनचन्द्र घिमिरे, त्रिचन्द्र क्याम्पसका सिद्धिविनोद अधिकारी, पाटन संयुक्त क्याम्पसका भवदत्त सापकोटा, त्रिचन्द्र क्याम्पसकै श्याम गुरागाई र इन्जिनियर प्रकाश सिंह संलग्न हुनुभएको थियो । १९ लाख ४७ हजार लागतमा निर्मित पाश्र्वचित्रको गाउँपालिकाको समग्र विषयवस्तु समेटिएको छ ।