आर्थिक विकास नीति र अभ्यासहरु बारे संगोष्ठी 

आर्थिक विकास नीति र अभ्यासहरु बारे संगोष्ठी 

2024-01-30

त्रिभुवन विश्वविद्यालय नेपाल र दक्षिण एसियाली अनुसन्धान केन्द्र (सिनास) र जापानी अन्तराष्ट्रिय सहयोग एजेन्सी (जाइका) को संयुक्त आयोजनामा कीर्तिपुर स्थित सिनासमा “नेपाल र जापानमा आर्थिक विकास नीति र अभ्यासहरु” शीर्षकमा संगोष्ठीको आयोजना गरिएको छ । माघ १६ देखि १७ सम्म संचालित उक्त संगोष्ठीको उद्घाटन त्रिविका उपकुलपति प्रा.डा शिवलाल भुसालले गर्नुभएको छ ।

संगोष्ठीमा आफनो संक्षिप्त मन्तव्य व्यक्त गर्नुहुँदै उपकुलपति प्रा.डा भुसालले नेपाल र जापान बिच गौरवपूर्ण राजनीतिक एवम् जनस्तरीय सम्बन्ध रहेको, त्रिविका विभिन्न निकायहरुको भौतिक पूर्वाधार निर्माणमा जापानले अमूल्य सहयोग गरेको बताउनुभएको थियो । नेपाल प्रतिको जापानी जनताको सद्भाव र  नेपालको पूर्वाधार विकासमा जापानी अन्तराष्ट्रिय सहयोग एजेन्सी (जाइका) मार्फत जापानले गरेको योगदानको चर्चा गर्नुभएको थियो । संगोष्ठीमा जापानका लागी नेपाली राजदुत दुर्गाबहादुर सुवेदीले विद्युतिय माध्यामवाट सम्बोधन गर्नुहुदै नेपालले जापानको अनुकरणीय आर्थिक तथा साामाजिक विकासका शैलीको निरन्तर सिक्दै देशलाई समृद्ध बनाउनुपर्ने दृष्टिकोण राख्नुभएको थियो । मुलुकको विद्यमान आर्थिक सामाजिक विकासको लागि वैदेशिक सहायता अनिवार्य रहेको र जनस्तरीय प्रगाढ सम्वन्धमा कारण जापान नेपाल विचको सम्वन्ध सृदृढ रहेको बताउनुभयो । देशको आर्थिक विकास र सम्भावनाहरुको विस्तारका लागी आफ्नो क्षेत्राधिकारमा रही नेपाल र जापान विचको सम्वन्धलाई थप प्रगाढ बनाउन प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले संगोष्ठी मार्फत जापान र नेपालका विकासमा अपनाइएका नीति र अभ्यासहरुका महत्वपूर्ण अनुभवहरु साटासाटले दुवैपक्षहरु लाभान्वित हुने अपेक्षा व्यक्त गर्नुभएको थियो । 

नेपालका लागि जापानी राजदुतावासका उप प्रमुख टाकाहिरो टामुराले जापानी अन्तराष्ट्रिय सहयोग एजेन्सी (जाइका) र दक्षिण एसियाली अनुसन्धान केन्द्र (सिनास)ले संगोष्ठी आयोजना गरेकोमा आफु हर्षित भएको र दुवै देशका आर्थिक सहयोगका नीतिहरुमा छलफल भएपश्चात सम्वन्ध थप प्रगाढ हुने अपेक्षा गरेको बताउनुभएको थियो । विकासको क्षेत्रमा जापानले अनुभवले नेपाललाई फाइदा पुयाउने धारणा व्यक्त गर्नुभएको थियो । जापानी अन्तराष्ट्रिय सहयोग एजेन्सी (जाइका) का प्रमुख प्रतिनिधी ओकुवो आकिमित्सुले नेपालको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, आपतकालिन व्यवस्थापन र सुशासनका क्षेत्रमा जाइकालेले सहयोग गर्दै आइरहेको र आफुले सहयोग गर्दै आइरहेका मुलुकहरुमा आफ्ना अनुभवहरु समेत साटासाट गर्ने उद्देश्यले संगोष्ठी आयोजना गरिएकोे बताउनुभयो । आर्थिक विकासका नेपाललाई जापानको दृष्टिकोण,सैद्धान्तिक मान्यता,विधि र प्रक्रिया,रणनीति लगायतका अनुभवहरु उपयोगी होस र नेपालको वृहत्तर विकासमा सहयोगी बन्न सकियोस भन्ने जाइकाको चाहाना रहेको बताउनुभएको थियो । 

मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा.डा कुशुम शाक्यले नेपालको विकासको वर्तमान स्थिती,अर्थतन्त्रको आकार र देशको समग्र विकासको बारेमा जानकारी गराउनुभएको थियो । यसैगरी जापान स्थिति हितोतुस्वासी विश्वविद्यालयका प्राध्यापक इतामी आकिमिस्टुले जापानले आफ्ना जनताको मुख्य व्यवहार र प्रगतीलाई केन्द्रमा राखेर विकासलाई मुख्य प्राथमिकता दिएको बताउनुभयो । जापानी सामान्य जनताको बौद्धिकतालाई उपयोगी गर्ने नीतिले जापानले सफलता प्राप्त गर्न सकेको भएको बताउनु भयो । सामान्य नागरिकहरुको बौद्धिकता, क्षमताले र व्यवहारले राष्ट्रको प्रगति र विकासमा महत्वपूर्ण प्रभाव पर्ने धारणा व्यक्त गर्नुभएको थियो । 

नेपाल र दक्षिण एसियाली अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले समाजको विकास पुर्वधारको विकासले महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएतापनि आर्थिक सूचक मात्रै विकासको मानक नभएको भन्दै  आर्थिक वृद्धि र आर्थिक विकासलाई एकै ढंगले बुझन नहुने बताउनुभयो ।  विकासको पछार्डी दौडदा कैयौ नेपालीहरु बाकसमा फिर्ता हुन परेको,विकासको लागि पहाड फुुटाउदा प्राकृति प्रकोपको शिकार हुुनुपरेको  र अकल्पनिय  मृत्युवरण समेत गर्नुपरेको त्रासदीको समेतलाई छुटाउन नमिल्ने साथै विकासका कारण निम्तिएको अस्वभाविक बसाईसराई,मानविय मुल्य र मान्यतामा आएको स्खलन, बिग्रदो सामाजिक सद्भाव र मानव सभ्यतामा पैदा भएको वेथितिको पक्षमा समेत समाचोलना हुनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो ।