परीक्षा नियन्त्रण कार्यालयका सेवा अनलाइनमा 

परीक्षा नियन्त्रण कार्यालयका सेवा अनलाइनमा 

2024-01-29


त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०८० माघ १५ बाट सेवाग्राहीलाई दिइने सुविधाको लागि  अनलाइन सेवाको आरम्भ गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले दिने सेवालाई विद्युतीय माध्यामवाट उपलब्ध गराउने उद्देश्यले आरम्भ गरिएको उक्त अनलाइन सेवाको प्रारम्भ उपकुलपति प्रा.डा शिवलाल भुसालले गर्नुभएको हो । 
परीक्षा नियन्त्रण कार्यालयमा अयोजित अनलाइन शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै उपकुलपति प्रा.डा भुसालले सवै सेवालाई छिटो,छरितो र प्रभावकारी बनाई अनलाइन माध्याम मार्फत सेवाग्राहीले तत्काल सेवा दिन परीक्षा नियन्त्रण कार्यालयलाई विशेष निर्देशन दिनुभएको थियो ।। 
परीक्षा नियन्त्रण कार्यालयबाट प्रदान हुने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, मूल प्रमाणपत्र, पूर्नयोग र त्रुटि सच्याउने  सेवाका लागि परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट tuexam.edu.np मा Login दिएको निर्देशानुसार विवरण तथा प्रमाणहरु संलग्न गरी नेपाल बैंक लिमिटेड वा ग्लोवल आइएमी बैंक मध्ये एउटा बैंक  छनौटी गरी तोकिएको शुल्क बुझाइ कागजातहरु Submit प्रावधान रहेको छ । अनलाईन मार्फत उपलब्ध कागजातहरुको परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीहरुले अनलाइन माध्यामवाट रुजुगरी प्रथम चरणमै ठीक भए÷नभएको  सुझावसहित सेवाग्राहीको इमेलमार्फत जानकारी गराउने र आवेदकलाई  निजले पाउने सेवाको प्रत्येक चरणको सूचना नोटिफिकेशन ड्यास बोर्डमा उपलब्ध गराइने योजना रहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी गराउनुभएको छ । काठमाडौ उपत्यका भित्रका सेवाग्राहीलाई परीक्षा नियन्त्रण कार्यालय बल्खुबाटै प्रमाणपत्रहरु उपलब्ध गराउने, उपत्यका बाहिरको हकमा  प्रमाणपत्र संकलनका लागि तोकिएको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्नुपर्ने र केही समयका लागि अनलाइन र अफलाइन दुवै माध्याम बाट सेवा प्रवाह गरिने र वैशाखदेखि  पूर्णरुपमा अनलाईन माध्यम मार्फत सेवा उपलब्ध गराउने योजना रहेको उल्लेख गरिएको छ ।