त्रिभुवन विश्वविद्यालय र युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (यु्इएसटिसी) बिच सहमति पत्रमा हस्ताक्षर भएको छ । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको पहलमा चिनको सिचुवान प्रान्त स्थित छेन्दुमा अवस्थित उक्त विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय बिच शैक्षिक सहयोग आदान प्रदान गर्ने, दुवै विश्वविद्यालयहरु बिच प्राज्ञिम अनुसन्धान र शिक्षक÷विद्यार्थी सहकार्यमा विशेष जोड दिने, संयुक्तरुपमा सेमिनार तथा वर्कसप आयोजना गर्ने,अतिथि शिक्षकहरुको प्रायोजन गर्ने लगायतका विषयमा सहकार्य गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ । सहमति पत्रमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा शिवलाल भुसाल र युनिभर्सिटी अफ इलेक्ट्रोनि साइन्स एण्ड टेक्नोलोजी अफ चाइनाका तर्फवाट अध्यक्ष जेङ योङले हस्ताक्षर गर्नुभएको हो । उक्त सहमति पत्रलाई उपकुलपति प्रा.डा भुसालले युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजी अफ चाइनाका प्रतिनिधी प्राध्यापक होङ हान मार्फत उक्त सहमति पत्र हस्तान्तरण गर्नु भएको थियो ।