उपकुलपति कप खेलकुद प्रतियोगिता प्रारम्भ 

उपकुलपति कप खेलकुद प्रतियोगिता प्रारम्भ 

2024-01-21


त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको आयोजना उपकुलपति कप अन्तर क्याम्पस स्तरीय खेलकुद कार्यक्रम प्रारम्भ भएको छ । 
माघ ७ गते बाट प्रारम्भ खेलकुद प्रतियोगिताको उद्घाटन त्रिविका उपकुलपति प्रा.डा शिवलाल भुसालले गर्नुभएको हो । ललितपुरको जावलाखेल स्थित भलिवल प्रशिक्षण केन्द्रमा  भलिवल प्रतियोगिताको उ्दघाटन गर्नुहुँदै उपकुलपति भुसालले उपकुलपति कपमा छनौट भएको उत्कृष्ट विद्यार्थी खेलाडीहरुलाई अन्य राष्टिय तथा अन्तराष्टिय खेलकुुद प्रतियोगितमा समावेश गराउने बताउनुभएको थियो ।  खेलकुद प्रतियोगितमा भविबल,बास्केटवल, व्याडविन्टन र टेवलटेनिल लगायतका खेलहरु समावेश गरिएका छन् ।