त्रिवि केन्द्रीय पुस्तकालयको उद्घाटन सम्पन्न । 

त्रिवि केन्द्रीय पुस्तकालयको उद्घाटन सम्पन्न । 

2024-01-05


त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको नवनिर्मित भवन नेपाल सरकारका परराष्ट्रमन्त्री नारायण प्रसाद साउद र भारत सरकारका विदेशमन्त्री डा.एस जयशंकर संयुक्त रुपमा २०८० पुस २० गते  उद्घाटन गर्नुभएको छ । भारत सरकारको आर्थिक सहयोगमा नवनिर्मित केन्द्रीय पुस्तकालयमा अत्याधुनिक प्रविधिको प्रयोग गरि विद्युतिय पुस्तकालयको समेत सुविधा उपलब्ध हुने छ । उद्घाटन समारोहमा त्रिभुवन विश्वविद्यालयक उपकुलपति प्रा.डा शिवलाल भुसाल, नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव,निमित्त शिक्षाध्यक्ष प्रा.भार्गव धिताल, निमित्त रजिष्ट्रार डा. कृष्णप्रसाद बस्याल, परराष्ट्र सचिव सेवा लम्साल,विभिन्न अध्ययन संस्थान तथा संकायका डीनहरु, विभागीय प्रमुखहरु तथा महाशाखाप्रमुख लगायतको उपस्थिति रहेको थियो ।