विज्ञानका शोधार्थीहरुलाई विद्यावारिधि अभिमुखिकरण 

विज्ञानका शोधार्थीहरुलाई विद्यावारिधि अभिमुखिकरण 

2023-12-29

 

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले विद्यावारिधि उपाधिका लागि २०८० मा भर्ना भएका शोधार्थीहरुको लागि विद्यावारिधि अभिमुखिकरण कार्यक्रम पुस १३ मा सम्पन्न गरेको छ । 
काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेशन (केसिआरइ) कीर्तिपुरमा मा आयोजित  २०८० का लागि भर्ना भएका  ४७ शोधार्थीहरु लागि विद्यावारिधिका सम्बन्धमा विस्तृत जानकारी गराउने उद्देश्यले आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा त्रिभुवन विश्वविद्यालनका निमित्त शिक्षाध्यक्ष प्रा. भार्गव धिताल, विज्ञान अन्तर्गतका विभिन्न विभागका विभागीय प्रमुखहरु, विद्यावारिधि शोधार्थीहरुका सुपरभाइजर, विभिन्न विषयका अनुसन्धान समितिका सदस्यहरु, विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट नियमित प्रकाशित जर्नलका सम्पादनमण्डल लगायतको उपस्थिति रहेको थियो । अभिमुखिकरण कार्यक्रममा विषयविज्ञका रुपमा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा बिनिल अर्याल, सहायक डीन डा. सुरेन्द्र गौतम, वातावरण विज्ञानका डा. दिनेशराज भुजु, भौतिकशास्त्र केन्द्रीय विभागका प्रा.डा नारायणप्रसाद अधिकारी र वनस्पतीशास्त्र केन्द्रीय विभागका डा. चित्र बहादुर बाँनीयाले कार्यपत्र सहित शोधार्थीहरुलाई अभिमुखिकरण गराउनुभएको थियो ।