सामाजिक कार्य मेला सम्पन्न । 

सामाजिक कार्य मेला सम्पन्न । 

2023-12-02


त्रिभुवन विश्वविद्यालय समाजिक कार्य विभागद्धारा आयोजित सामाजि कार्य मेलाको उद्घाटन त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा शिवलाल भुसालले गर्नुभएको छ । सानेपा स्थित हेरिटेज गार्डेनमा आयोजित मेलामा त्रिवि सामाजिक कार्य विभागमा अध्ययनरत विद्यावारिधि, दर्शनाचार्य, स्नातकोत्तर र स्नातक तहका विद्यार्थीहरु उपस्थित रहेका थिए । मेलालाई सम्वोधन गर्नुहुँदै उपकुलपति प्रा.डा भुसालले सामाजिक कार्यको क्षेत्रमा मुलुकको विशिष्ट भूमिका र ऐतिहासिक महत्वका विषयलाई थप उजागर गर्न विद्यार्थीहरुलाई विशेष अनुरोध गर्नुभएको थियो । उहाँले ऐतिहासिक  कालदेखिनै नेपाली समुदाय सामाजिक कार्यहरुमा विशिष्ट योगदान गरेको र विभिन्न पाटी,पौवा, चौतारा, कुवा लगायतमा सामाजिक कार्यहरुमा संलग्न हुँदै आइरहेको बताउनुभएको थियो । विभागले आफ्नो स्थापनाको १० बर्ष पार गरिसेकोले आगामी दिनमा अन्तराष्टिय सम्मेलन र जर्नल प्रकाशन मार्फत अनुसन्धानमा विशेषट जोड दिन अनुरोध गर्नुभएको थियो । मेलाको उद्घाटन कार्यक्रममा मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा कुशुम शाक्य साथै विभागका संयोजक डा.रामराज पोखरेलले सम्वोधन गर्नुुभएको थियो ।