पिएचडी फेस्टिवल २०२३ प्रारम्भ । 

पिएचडी फेस्टिवल २०२३ प्रारम्भ । 

2023-10-09


त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानको आयोजनामा कीर्तिपुर स्थित विज्ञानपरिसरमा पिएचडी फेस्टीबल २०२३ को प्रारम्भ भएको छ । विज्ञान लगायत अन्य विषयमा समेत विद्यावारिधि अध्ययन विद्यार्थीले आफनो शोधकार्यहरुलाई प्रस्तुतीको रुपमा प्रदर्शन गर्ने उदेश्यले आयोजि पिएचडी फेस्टिवलको उद्घाटन विश्वविद्यालय अनुदान अयोगका अध्यक्ष प्रा.डा देवराज अधिकारीले गर्नुभएको हो ।  पिएचडी फेस्टिवलको उद्घाटन कार्यक्रममा सहभागी हुँदै त्रिविका  निमित्त उपकुलपति प्रा.डा शिवलाल भुसाल, रजिष्ट्रार प्रा.डा पेशल दाहाल लगायत विभिन्न विभागका विभागीय प्रमुख लगायतका अतिथीहरुले फेस्टिवल को भ्रमण गर्नुभएको छ ।