कर्मचारी संघको प्रथम साधारण सभा सम्पन्न ।
त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिले प्रथम साधारण सभा सम्पन्न भएको छ ।
नियमानुसार प्रथम साधारण सभा निर्वाचन भएको एक बर्षमा राख्नुपर्ने भएकोले केन्द्रीय समितिले साधारण सभा राखीे एक बर्ष भित्र गरेको क्रियाकलापहरुको समिक्षा समेत गरेको छ । साधारण सभामा त्रिविका सम्पूर्ण निकायहरुका एकाई समितिका सभापति तथा प्रतिनिधीहरु सहभाागि थिए । प्रथम साधारण सभाको उद्घाटन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा घनश्याम भट्टराईले प्रथम साधारण सभा मार्फत कर्मचारीहरुका बारेमा धेरै विषयहरु बुझ्ने अवसर प्राप्त गरेको, कर्मचारी संघ लगायतका विभिन्न संघहरुले बौद्धिक सहयोग गर्नुपर्ने, सरकार र विश्वविद्यालय बिचमा उपयुक्त सम्बन्ध निर्माण गर्नुपर्ने, त्रिविल केन्द्रीय विश्वविद्यालयको सामथ्र्यलाई प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षक÷कर्मचारीको विज्ञापन तथा बढुवाका सम्बन्धमा कार्यकारी परिषद्ले निर्णय गरेर पठाएपछि कुनैपनि प्रकारको बिलम्व नगर्ने र निष्पक्षताका साथ काम गर्ने बताउनुभयो । ‘राम्रो काम गर्न सबैको सहयोग अत्यावश्यक रहेको र तपाई कर्मचारीहरुले पनि मलाई सहयोग गर्नुहोस’ भन्दै उहाँले विगतमा भएका कमि कमजोरी अबका दिनमा नदोहोरिने समेत प्रतिवद्धता जनाउनुभएको थियो ।
प्रथम साधारण सभामा त्रिभुवन विश्वविद्यालय रजिष्ट्रार प्रा.डा पेशल दाहालले सरकारको आर्थिक असहयोग, बढ्दो प्रशासनिक खर्च, सुशासनमा देखिएको समस्या लगायतका कारण विश्वविद्यालय अप्ठ्यारो परिस्थितिमा रहेको बताउनुभयो । त्रिविलाई जोगाउन कैयौ वेतिथीहरुको अन्त्य गर्नैपर्ने भएकोले त्रिविसभाबाट अनावश्यक सुविधाहरु एकमुष्ठ हटाइएको भन्दै उहाँले विगतमा कर्मचारीहरुको बढुवामा रजिष्ट्रार मार्फत हुने मनोमानीको प्रणालीलाई अन्त्य गरेर कर्मचारीहरुर्ला न्याय दिएको बताउनुभयो । आफुवाट सधै कर्मचारीहरु प्रति अभिभावकीय भूमिका निर्वाह गरेको र कर्मचारीहरुका विषयमा कुनैप्रकारको अन्यायपूर्ण निर्णय नगरेको धारण व्यक्त गर्नुभएको थियो । प्राज्ञिक भत्तामा शिक्षक र कर्मचारीहरु बिच भएको विभेद अन्त्य गरेको, सहुलियतपूर्ण ऋणको व्यवस्था गरकेो, औषधी उपचारको व्यवस्था गरकेो भन्दै आन्दोलनका कार्यक्रमहरु नगर्न त्रिवि कर्मचारी संघ केन्द्रीय समिति मार्फत सवै वैचारिक संघ÷संगठनहरुलाई अनुरोध गर्नुभएको थियो । ्
त्रिवि कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष छत्रबहादुर कार्कीले मुलुककै शैक्षिक परिचय रहेको त्रिभुवन विश्वविद्यालय केही समयका लागि नियुक्त भएर आउने पदाधिकारीहरुको अदुरदर्शिता र मनोमानीका कारण आलोचित बन्दै गएको बताउनुभयो । सरकारले बढाएको तलब समयमै नपाउने, आन्तरिक स्रोतहरु सुक्दै जाने, विद्यार्थीहरुको आकर्षण घट्दै जाने परिस्थितिको जिम्मेवारी त्रिविका पदाधिकारीहरुले लिनुपर्ने बताउनुभयो । अभिभावकहरुको अन्यायपूर्ण निर्णयका कारण कर्मचारी संघ विशिष्ठ परिस्थितिमा आन्दोलित हुन पुगेको भन्दै त्रिविलाई जोगाउन र यसलाई थप व्यवस्थित गर्न कर्मचारीहरुले सवैप्रकारको त्याग र सर्मपण गर्न समेत तयार रहेको बताउनुभएको थियो ।
साधारण सभामा त्रिवि सामान्य प्रशासन महाशाखाका प्रमुख राजुकुमार श्रेष्ठले लोकतान्त्रिक विधिमा रहेर कर्तव्य र जिम्मेवारीको बोध गरी आन्दोलित हुन कर्मचारी संघलाई अनुरोध गर्नुभएको थियो । काम गर्ने विषयमा कर्मचारीहरु कमजोर नबनौ भन्दै विश्वविद्यालयसँग सम्वन्धित सबै सरोकार पक्षहरु सुविचारित ढंगले जिम्मेवार बन्ने हो भने त्रिविमा कुनैपनि प्रकारका अािर्थक लगायतका संकटहरु नआउने उहाँको धारणा रहेको थियो । समन्वय महाशाखाका निमित्त प्रमुख दिपक तिवारीले पेशागत हक र हित सँगै प्रशासनिक व्यवस्था र आर्थिक अवस्थालाई समेत मध्यनजर गर्न त्रिवि कर्मचारी संघलाई अनुरोध गर्नुभएको थियो । उहाँले संस्थागत भावनालाई पहिलो प्राथमिकता दिई आचरणमा वाधिएर क्रियाकलाप अघि वढाउन ट्रेड युनियनकर्मीहरुलाई अनुरोध गर्नुभएको थियो । त्रिवि कर्मचारी संघका पूर्वअध्यक्ष कुवेर के.सी, कर्मचारी संघको सल्लाकार समितिका सदस्य बलबहादुर थापा, त्रिवि एकीकृत कर्मचारी संगठनका संयोजक भुपाल चालिसे, त्रिवि नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव बिजयराज ढुंगाना, त्रिवि प्रगतिशिल कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष रामजी खड्का, त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघका अध्यक्ष भिमलाल भक्त लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।