त्रिभुवन विश्वविद्यालय द्धन्द्ध शान्ति र विकास अध्ययन विभागले १७ औं बार्षिक दिवस २०८० भदौ ३१ मा सम्पन्न गरेको छ ।
मानविकी तथा समाजशास्त्र संकायका डीन प्रा.डा कुशुम शाक्यको अध्यक्षतामा आयोजना गरिएको बार्षिक दिवसको अवसरमा विभागमा अध्ययनरत विद्यार्थीहरुले स्थलगत निरिक्षण गरी प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । विभागमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, निजामति लगायतका सेवमा कार्यरतहरु समेत विद्यार्थीका रुपमा अध्ययनरत छन् । कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्नुहुँदै प्रमुख अतिथि एवम् त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसालले द्धन्द्धसँग सम्वन्धित शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्यले आयोजित विभागलाई थप व्यवस्थित गर्दै लैजाने बताउनुभयो । विभागका कैयौ विषयहरुका पाठ्यक्रमहरुलाई परिमार्जन गरी समाजमा रहेको सम्पूर्ण सामाजिक,राजनीतिक, सास्कृतिक द्धन्द्धहरुलाई निरुपण गर्न सहज हुने विषयवस्तुहरुलाई प्राथमिकता दिने बताउनुभयो । उहाँले नयाँ विश्वविद्यालय खोल्ने भन्दा स्थापित विश्वविद्यालयहरुलाई थप प्रभावकारी वनाउन सरकारलाई अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा स्थलगत निरिक्षणका गरिएका नुवाकोट, धादिङ र रसुवाका प्रतिनिधि सभाका सदस्यहरुलाई समेत आमन्त्रण गरिएको थियो । कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै नुवाकोटबाट प्रतिनिधि सभाका सदस्य अर्जुन नरसिंह के.सीले समाजमा अराजकतालाई प्रोत्साहन दिन नहुने बताउनुभयो । उहाँले दलहरुप्रति आम नागरिकहरुमा वितृष्णा बढदै गइरहेको र सामाजिक सद्भाव र विश्वास थप धरासायी हुदै जान थालेको आभाष भएको बताउनुभयो । सामाजिक सञ्जालको माध्यामवाट सामाजिक घृणा फैलाउने र चरित्रहत्या समेत गरी समाजलाई उद्धेलित बनाउन भइरहेको प्रयत्नका लागि समाजका सम्पूर्ण तह र तप्काका सचेत नागरिकहरुले प्रतिकार गर्नुपर्ने बताउनुभएको थियो । प्रतिनिधि सभामा दर्ता गरिएको शिक्षा विधेयकमा स्थानिय तहलाई अधिकार दिदाँ हुनसक्ने दुरुपयोग प्रति समेत सरकार सचेत हुुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । रसुवाबाट प्रतिनिधी सभाका सदस्य मोहन आचार्यले आफु नेपाल द्धन्द्धरत रहेको अवस्थामा उच्चअध्ययन सकेर फर्किएको भन्दै द्धन्द्धको अवस्थाले समाजलाई थप रोगी बनाउदै युवाहरुलाई विदेशिने अवस्थामा पु¥याएको बताउनुभयो । देशलाई थप व्यवस्थित पार्दै आर्थिक आत्मनिर्भरता तर्फ अघि नबढने हो भने समाज थप आन्दोलित हुने बताउनुभयो ।
धादिङबाट प्रतिनिधि सभाका सदस्य राजेन्द्र प्रसाद पाण्डेले स्थानीय तहका कर्मचारीहरुलाई रु द्धन्द्ध र शान्ति एवम् ग्रामिण विकासका बारेमा अध्ययान÷अध्यापन गराउनुपर्ने बताउनुभयोे । द्धन्द्धलाई स्थानीय तहमै समाधान गर्न स्थानीय सरकारलाई थप बलियो र प्रभावकारी बनाउनुपर्ने उहाँको धारणा रहेको थियो ।
कार्यक्रममा मानविकी तथा सामाजिक संकायका डीन प्रा.डा कुशुम शाक्यले द्धन्द्ध र विकासका विषयमा हुने अनुसन्धानलाई विश्वविद्यालय र सरकारले प्राथमिकता दिनुपर्ने, सबै प्रकारका सरकारले गर्ने सम्पूर्ण अनुसन्धानहरुमा प्राध्यापकहरुलाई संलग्न गराउनुपर्ने, समाजमा के कारणले द्धन्द्ध निम्तिन सक्ने भन्ने विषयमा थप प्राज्ञिक वहसहरु थप हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा द्धन्द्ध तथा विकास अध्ययन विभागका पूर्व संयोजक हेमराज सुवेदीले स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन द्धन्द्ध तथा विकास अध्ययन विभागका संयोजक डा. पिताम्बर भण्डारीले गर्नुभएको थियो ।