त्रिवि केन्द्रीय प्रशासनिक भवनको उद्घाटन

त्रिवि केन्द्रीय प्रशासनिक भवनको उद्घाटन

2023-09-17


त्रिभुवन विश्वविद्यालय केन्द्रीय प्रशासकीय (रजिष्ट्रारको कार्यालय) को उद्घाटन २०८०।०५।३१ मा उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाले गर्नुभएको छ ।
कीर्तिपुरमा अवस्थित भवन रु २३ करोड ५६ लाख ६३ हजार ९ सय ४३ रुपैया २१ पैसा लागतमा निर्माण सम्पन्न भएको हो ।  लागत अनुमान रु ३९ करोड ८२ लाख ६४ हजार ७ सय ६७ रुपैया रहेको भवनको टेण्डर २०७६।०३।१६ मा भएको थियो भने टेन्डर स्वीकृति २०७६।०७।२४ मा भएको हो । टेण्डर स्वीकृति रकम मु.अ कर सहित रु २३ करोड ७५ लाख ६३ हजार ४ सय ३३ रुपैया २० पैसा रहेको थियो भने  सम्झौता र कार्यादेश मिति २०७६।०८।३० मा र काम सम्पन्न गर्नुपर्ने कार्यदेश दिएको मितिवाट २ बर्ष रहेकोमा १३ महिना पुनः थप गरिएको थियो । केन्द्रीय प्रशासकीय भवन (रजिष्ट्रारको कार्यालय) निर्माणको जिम्मेवारी अनक–कबिन्द्र जे.भी, काठमाडौंले प्राप्त गरेकोमा २०७९।१०।०४ गते कार्य सम्पन्न भएको थियो ।  
उद्घाटन कार्यक्रममा उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाले नयाँ भवनमा सकरात्मक ऊर्जा र सोचका साथ   छिटो÷छरितो र प्रभावकारी रुपमा सेवा प्रभाव गर्न  सुझाव दिनुभएको थियो।  भवन निर्माणमा सहयोग गर्ने नेपाल सरकार,  सुपरभिजन गर्ने त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, कन्सल्टेन्सी सेवा र लागत  अनुमान र डिजाईन गरी प्रथम रनिङ बिल चेकजाँच गर्ने पेश कन्सलट्यान्ट प्रा.लीलाई धन्यवाद दिनुभएको थियो ।