रिकास्ट ४६ औं बर्षमा 

रिकास्ट ४६ औं बर्षमा 

2023-09-09


त्रिभुवन विश्वविद्यालय, व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र(रिकास्ट)ले ४६औं बार्षिक दिवसको उपलक्ष्यमा एक विशेष कार्यक्रम सम्पन्न गरेको छ । 
कीर्तिपुर स्थित व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको आफ्नै सभाकक्षमा आयोजित बाषिकोत्सव कार्यक्रमको उद्घाटन त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा घनश्याम भट्टराईले गर्नुभएको छ । बार्षिकोत्सव समारोहलाई सम्वोधन गनुुँहुँदै अध्यक्ष प्रा.डा भट्टराईले अनुसन्धान केन्द्रहरु विश्वविद्यालयको गहना  भएको र अनुसन्धानलाई कक्षाकोठासँग जोडने काममा अग्रसर हुन प्राध्यापकहरुलाई अनुरोध गर्नुभएको थियो । विश्वविद्यालयहरु कक्षाकोठमा हुने क्रियाकलाप र अनुसन्धानकै कारण विश्वपरिचित हुने, प्राध्यापकहरु मार्फत हुने  अनुसन्धान समाजले देख्नुपर्ने दृष्टिकोण व्यक्त गर्नुभएको थियो । अनुसन्धान केन्द्रले गरेका महत्वपूर्ण गतिविधीहरु सामाजिक बहसका विषयहरु बन्नुपर्ने भन्दै उहाँले अनुसन्धानलाई कार्यालयमा मात्रै सिमित नगर्न विशेष अनुरोध गर्नुभएको  थियो । सरकारले विश्वविद्यालयमा भएका अनुसन्धान केन्द्र र अनुसन्धानहरुको अभिभावकत्व लिनुपर्ने र विश्वविद्यालयले पनि अनुसन्धान केन्द्रहरुलाई पुर्नजिवित गर्र्नुपर्ने बताउनुभयो थियो । त्रिवि सेवा आयोगलाई त्रिवि कार्यकारीपरिषदले विजनेस दिने र त्यहि अनुरुप आफ्नो कार्य निष्पक्षताका साथ सम्पन्न गरी त्रिवि सेवा आयोगलाई  आलोचनामुक्त बनाउने  आफ्नो योजना रहेको धारणा व्यक्त गर्नुभएको थियो । 
कार्यक्रममा नेपाल र एसिशाली अनुसन्धान केन्द्र (सिनास)का कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्कीले अनुसन्धान केन्द्रहरुले विद्यार्थी भर्ना गरी शैक्षिक क्रियाकलापहरु सञ्चालन गर्न पाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । उहाँले अनुसन्धान केन्द्रलाई स्रोत र साधन सँगै पदाधिकारीहरुले उपयुक्त नीति र दृष्टिकोण समेत दिनुपर्ने बताउनुभयो । अनुसन्धानकेन्द्रले आफूलाई समयानुकुल अभ्यस्त हुँदै राष्ट्रिय÷ अन्तराष्ट्रिय सहकार्य बढाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।  वन विज्ञान अध्ययन संस्थानका डीन प्रा.डा विर बहादुर खनालले अनुसन्धान सम्बन्धी नीति २०७७ को वास्तविक कार्यान्वयन हुन नसकेको भन्दै अनुसन्धान सम्बन्धी  एकिकृत दृष्टिकोण भएमा योजना निर्माण गर्न सहज हुने बताउनुभयो । ज्ञान र अनुसन्धानलाई वास्तविक जिवनमा रुपान्तरण गर्न उहाँले सुझाव दिनुभएको थियो । व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)का  कार्यकारी निर्देशक प्रा.डा रामनाथ प्रसाद यादवले हाल रिकास्टमा ९ वटा अनुसन्धान कार्यक्रमहरु सञ्चालनमा रहेको, २ वटा अनुसनधन कार्यक्रमहरु सरकारबाट प्रत्यक्षरुपमा प्राप्त गरेको,  विश्वविद्यालय अनुदान अयोग र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुसन्धान सहकार्य गरिरहेको र उद्योग मन्त्रालय लगायतका विभिन्न मन्त्रालयहरु र त्रिविका केन्द्रीय विभागहरुसँगको सहकार्यलाई समेत बढावा दिइरहेको जानकारी गराउनुभएको थियो । 
कार्यक्रममा व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक प्रा.डा रामप्रसाद चौधरीले अनुसन्धान केन्द्रहरुसम्बन्धी विश्वविद्यालयको नीति, कार्यक्रम र दृष्टिकोण साथै अनुसन्धान केन्द्रहरुको क्रियाशिलताहरुका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले त्रिभुवन विश्वविद्यालय ऐन २०४९ मा उल्लेखित अनुसन्धान केन्द्रहरुको भूमिका कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने सरोकारपक्षलाई अनुरोध गर्नुभएको थियो दिगो विकासका लक्ष्यहरु प्राप्तीका लागी अनुसन्धान केन्द्रहरुले प्राज्ञिक योगदान पु¥याइरहेको तथ्याङ्कीय विवरण प्रस्तुत गर्नुभएको थियो ।  कार्यक्रममा रिकास्टका पूर्वकार्यकारी निर्देशक प्रा.डा कृष्णलाल श्रेष्ठ, सहप्राध्यापक सजनी श्रेष्ठ र लेखाअधिकृत रामेश्वर श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।