त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानले स्वर्ण महोत्सव समरोह सम्पन्न गरेको छ ।
स्वर्णमहोत्सवको उपलक्ष्यमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त वास्कोटाले कीर्तिपुर स्थित वनविज्ञान अध्ययन संस्थानको नवनिर्मित भवनको उद्घाटन समेत गर्नुभयो । वि.स २००४ बन शिक्षाको स्थापना २०२९ साल साउन १ गतेदेखि विश्वविद्यालय प्रक्रियामा समावेश भएको वनविज्ञान अध्ययन संस्थानको स्वर्णमहोत्सवलाई सम्बोधन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाले बनविज्ञान अध्ययन संस्थानलाई गतिशिल र सक्षम बनाउन योगदान पु¥याउनुहुने पूर्वपदाधिकारीहरुलाई स्मरण गर्नुभएको थियो । त्रिविले मुलुकलाई आवश्यक पर्ने नवप्रवर्तनात्मक ज्ञान निर्माण गरी अत्यावश्यक सेवाका लागी आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउदै आइरहेको बताउनुभयो । वनविज्ञान अध्ययन संस्थानलाई बन,पर्यावरण, जलवायु परिवर्तन र वतावरणसँग जोडिएका नविनतम समस्याहरुको प्राज्ञिक अनुसन्धान गर्न अनुरोध गर्दै अनुसन्धानमा विशेष जोड निर्देशन गर्नुभएको थियो ।
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसालले वनविज्ञान अध्ययन संस्थानले आफूलाई निरन्तर परिर्वतन गर्दै प्रविधिमैत्री बन्दै गइरहेको र शिक्षण सिकाई प्रक्रियलाई थप अन्तरक्रियात्म बनाउदै लगेकोमा प्रशंसा गर्नुभएको थियो । यसैगरी वन तथा वतावरण मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेलले ‘वन भए पानी हुन्छ पानी भए जिवन’ भन्दै वनलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्वीकार गर्दै नयाँ सोच र दृष्टिकोणका लिई वन्यजन्तुको अध्ययन, हिमाली पर्यावरणको अध्ययन का नयाँ आयामहरु निर्माण गर्न अध्ययन संस्थानलाई अनुरोध गर्नुभएको थियो ।
नेपाल सरकारका पूर्वमुख्य सचिव डा. बिमल कोइरालाले वनविज्ञान अध्ययन संस्थानको प्रांगणमा आफ्ना पुराना स्मृतिहरु ताजा भएको भन्दै वनविज्ञान अध्ययन संस्थानलाई वनको विकास, वनको प्रवद्धन, वनलको परिपोषण र परिपुरक गर्ने पाठ्यक्र सामग्री निर्माणमा लाग्न सुझाव दिनुभएको थियो । एउटै काम एउटै ढंगले गर्दा फरकपन नआउने र विकास प्रतिको दृष्टिकोणपनि कमजोर । अध्ययन संस्थानमा कार्यरत शिक्षकहरुले संस्थाका भरपर्दा इन्जिन भएकोले सक्षम र योग्य जनशक्ति उत्पादनमार्फत राष्ट्रिय आवश्यक पुरा गरी प्राज्ञिक ज्ञानमार्फत वनक्षेत्रको रुपान्तरण गर्न महत्वपूर्ण योगदान गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
बनविज्ञान अध्ययन संस्थानका डीन प्रा.डा बीरबहादुर खनालले वनक्षेत्रको दिगो व्यवस्थापन र संरक्षण गरी तत्कालिन दवाव र चुनौतीहरु सामना गर्नसक्ने पाठ्यक्रसामग्री मार्फत प्राज्ञिक अध्ययन अनुसन्धानमा अध्ययन संस्थान थप क्रियाशिल र जुझारु हुने र सवैको मार्गदर्शनलाई सकरात्मकरुपमा ग्रहणगरी थप परिकृष्ट र रुपान्तरणमा लागिरहने प्रण गर्नुभएको थियो ।
कार्यक्रममा वनविज्ञान अध्ययन संस्थानका सहायक डीन सोनी बरालले स्वागत मन्तव्य राख्नुभएको थियो भने अवकासप्राप्त प्रा.डा ऋदिश कुमार पोखरेल, स्वतन्त्र विद्यार्थी युनियन,हेटौडा वन क्याम्पसका सभापति दिपेन्द्र कडेल, पोखरा वन क्याम्पस, प्राध्यापक संघका सभापति उदयकुमार सिंह, विश्वव न्यजन्तु कोष नेपालका अध्यक्ष डा. घनश्याम गुरुङ, पोखरा वन क्याम्पसका क्याम्पस प्रमुख विनोद प्रसाद हेज्यू, वनविज्ञान अध्ययन संस्थानका पूर्व डीन प्रा.डा कृष्णराज तिवारी साथै कोपनहेगन विश्वविद्यालयका अनुसन्धानकर्मी क्यारस्टिन स्मिथ हल लगायतले स्वर्ण महोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो । महोत्सवमा वनविज्ञान अध्ययन संस्थानका पूर्वडीनहरु, अवकासप्राप्त प्राध्यापकहरुलाई उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाले सम्मान गर्नुभएको थियो ।